स्वेट मार्डनको दीर्घायु जीवन जिउँने तरिका

बुधबार, २५ असार २०८२

खरायोको औषत आयु ७ बर्षको हुन्छ । बिरालो र खसी १२ बर्षसम्म जीवित रहन्छन् । परेवा ८ बर्ष र घोडा ५० बर्षसम्म जीवित रहन्छन् । कछुवा एवम् सर्पको आयु १५० बर्ष र १२० बर्ष हुन्छ । मानिसको आयु १०० बर्ष मानिएको छ । मानिसलाई छाडेर अन्य जीवको जीवनक्रममा दृष्टि दिने हो भने थाहा हुन्छ कि उनीहरुमा सदा जीवन उत्साह बनिरहन्छ । आयुको दृष्टिले उनीहरुको सम्पुर्ण आयुमा बाल्यकाल, यौवन एवम् बृद्धावस्थाको कुनै स्पस्ट सिमारेखा दृष्टिगोचर हुँदैन । अपवाद एवम् दुर्घटनालाई छोडिदिने हो भने पर्यवक्षण गर्दा सायदै कुनै जीवित वा यस्तो देखिन्छ ।

जुन रोगग्रस्त रहेको होस् अथवा बृद्धावस्थाको कारण शक्ति रहित बनेको असफलताको चंगुमा जबडिएको होस् । अधिकांशतः पशु–पक्षी जीवन पर्यन्त युवा बनिरहन्छन् उनीहरुको मृत्यु बृद्धावस्थाको असमर्थतामा हैन, यौवन जस्तो उत्साह एवम् उमंगको बीच हुन्छ । उफ्रिने, कुद्ने, घुम्ने जीवनलाई कहिल्यै पनि मृत्यु र बृद्धावस्थाको आभास हुदैन । जन्मने वित्तिकै चिरयौवनको उमंगका साथ हुन्छन् र मर्दा पनि यौवनको उमंगको बीचमा नै मर्छन् । राजावस्थाको थकान के हो, यसबाट उनीहरु सदा अनभिज्ञ बनिरहन्छन् । साधानको दृष्टिले पिछडिएका, शक्ति–सामाथ्र्य एवम् बुद्धीमा अविकसित यी मनुष्येतर जीवको चिरयौवनको कारण खोजी गर्ने हो भने एउटै तथ्य हात लाग्छ, प्राकृतिक दिनचर्या आशंका रहित उमंग एवम् उत्साहले भरिएको जीवन–क्रम ।

उफ्रदै नाच्दै युवा उमंगले यक्त पशु–पक्षीहरुको मस्त जीवनको रहस्योद्घाटन गर्दै संत फ्रान्सीस भन्छन् , ‘कि प्राणी सृष्टि ईश्वरको पितृ हृदयको धेरै समीप हुनेगर्छु, यो तथ्यमा म पुर्णतया सहमत छु । प्रकृतिको सहज प्रेरणाबाट अभिप्रेरित भएर प्रत्येक प्राणी जीवनसँग असीम प्रेम गर्छ एवम् उसको भरपुर आनन्द उठाउँछ । त्यसमा चिर उत्साहको यहि कारण छ ।’

एलान डिबाय प्रकृति प्रेमी हुन् । उनको अधिकांश समय जीव–जन्तु पशु–पक्षीको अध्यायनमा नै बित्छ । उनले रहस्योद्घाटन गरेका छन् कि प्रकृतिको यि साना जीवनमा चिरउत्साहको कारण हो उनीहरुको प्रकृतिक पे्ररणा अनुरुपको क्रियाहरु । लेख्छन् कि, ‘मेरो अधिकांश समय पशुको जानकारिमा बितेको छ । घनिष्ठ साथीहरुमा खरायो, गिनि पिग, सेतो मूसा, हरिण, रेकुन्स, स्कन्ध, स्यालले सदा मेरो मन बहलाईरहे तथा प्रेरणा दिई रहे मैले ८० बर्षमा यी प्राणीहरुबाट धेरै कुरा सिकेको छु जति तत्वविज्ञानको पुस्तकमा पनि छैन । उनी भन्छन्, “जीव मुख रुपमा भन्छन् कि प्रत्येक क्षणको आनन्द उठाउँछ । गोधुली बेलामा लोखर्के नर्तक झैैं हवाई कौशल प्रस्तुत गर्छ । त्यसलाई न रातको अन्धकारको डर हुन्छ । न त भोलिको चिन्ता । चौकडि भर्दै हरिण सम्पुर्ण पृथ्विमा आफ्नो अधिकार जताउँछ । हरिलो भरिलो घाँसको आनन्द लिदा उस्को मनोयोय देखेर नै बन्छ ।’

एलान डिबाय लेख्छन् कि, ‘एक पटक एक बूढो हरिणले देखेँ । यतिकैमा एक सर्प उसको नाक नजिकै आयो । र त्यो समय उसको सतर्कता परिर्वतित भाव मुद्रा सर्प देख्ने वित्तिकै बनेको थियो । एक क्षणमा नै आनन्दको भाव विरोहित भयो र त्यो वीर रसको भावमा हुंकर भर्न थाल्यो । तिखा खूरले आवाज निकाल्दै उस्ले सर्पलाई समायो र मारिदियो । तुरुन्तै उ आफ्नो पुर्ववत स्थितिमा आयो र यस प्रकार घाँस चर्ने आनन्द लिन थाल्यो जस्तो कुनै घटना घटेकै थिएन । यी जीवको जीवन क्रमबाट मनिस प्रेरणा लिन सक्छ । सामान्य घटना वा कुराबाट प्रभावित भएर आफ्नो सन्तुलन गुमाउने, निराशा चिन्ताले घेरिने मानिस उद्विग्नता र चिन्ताबाट मुक्ति पाउँछ भने ८० बर्षको आयुमा पनि उ हरिण झै बुद्धिमान भईरहन सक्छ ।’

प्राकृतिको प्रेरणा छ कि अनावश्यक चिन्ता छोड, ईश्वर प्रदत्त जीवनको सर्बाेत्तम उपयोग गर । प्रसन्नता एवम् प्रफुल्लताको प्रत्येक कार्यमा समावेश राख । यो प्रेरण अनुरुप जीवन–क्रम अपनाएर पशु–पक्षी सदा प्रसन्न रहन्छन् । समयमा उठ्नु प्रकृतिको अभिवादन गर्नु, आहारा जुटाउने एवम् निश्चित भएर सुत्नु नै उस्को सदा स्वस्थ र चिरायु रहनुको रहस्य हो । सामाथ्र्य एवम् बुद्धिको दृष्टिले सबैभन्दा पछिल्लो चराको उफ्राई देखेर लाग्छ जस्तो प्रकृतिले सम्पुर्ण आनन्द उसैको पोल्टोमा हालिदिएको होस् । बच्चालाई भोजन कहाँबाट प्राप्त हुन्छ ? भोलिको लागि आहाराको व्यवस्था के हुने छ ? यस्को उ बिल्कुलै चिन्ता गर्दैन । बस सुर्यलाई अभिवादन गरेर आफ्नो काममा जुट्छ, जुन आहार प्राप्त हुन्छ त्यसलाई ।

आफ्नो बच्चासँग मिलेर बाँडेर खान्छ । हात्ती जस्ता विशालकाय जीवलाई सर्वाधिक आहारको आवाश्यकता हुन्छ, तर उसलाई पनि रात्तिभर चिन्ता हुने गर्दैन । भोक लागेमा उ घना जङ्गलमा स्वच्छन्द भएर निस्कन्छ तथा हरियो फुलपात खान्छ । मानिस जस्तोे संग्रहको चिन्ताले उसलाई सताउँदैन फलतः उ सदा व्यस्त रहन्छ । बिरालोहरु, बाख्रा, घोडा, परेवा, यदाकदा नै रुग्ण हुन्छन् । सुर्य देवता आफ्नो प्रातःकालीन स्वर्गीय आभास लिएर उछलकुद गर्नका लागि बाधक बनिदिन्छ ।

पकृति वैज्ञानिक एलान डिबायले आफ्नो जीवनको एक घटनाको उल्लेख गरेका छन्, ‘कसरी साना पक्षी प्रतिकुल परिस्थितिको सामना गर्नको लागि ज्यानको बाजी लगाउँछन् ?’ उनी लेख्छन्, ‘एक पटक मैले एउटा पुरानो काठको पुल मुनि एउटा पक्षि को गुढ देखे । म उसको अन्डा हेर्नका लागि सावधानी पुर्वक अगाडी बढ्न थाले । एक पोथि पक्षीले मेरो नाक भन्दा एक ईन्च पर मेरो आँखामा आफ्नो पखेटाले प्रहार ग¥यो । झस्किएर टाउको उठाएँ तब यत्तिकैमा नर पक्षीले झम्टेर मेरो चस्मा खसाइदियो । यो अप्रत्यशित संघबद्ध आक्रमणले म डराँए र खुट्टा चिप्लनाका कारण पानीमा खसेँ । जसोजसो उठेर त्यहाँबाट भागे मैले त्यो घटनाबाट प्रेरणा पाएँ की आउने कठिनाइको जब सानासाना जन्तु वीरझैँ सामना गर्छन् तव सानासाना उतार–चढावदेखि डराएर मानिस आफ्नो शक्ति नै किन नष्ट गरोस्, यो उसको दुर्भाग्य हो ।’

एक अर्काे घटनाको वर्णन गर्छन, ‘एक काठफोरुवा पंक्षी उड्दै मेरो खेतमा आयो र किनारमा राखिएको एउटा ठुलो ढुङ्गामा बस्यो र केहि क्षणमा शरीरलाई निश्चेष्ट गरेर मृत्युको काखमा पुग्यो । अन्तीम समयमा पनि उसलाई न कुनै प्रकारको कष्ट थियो न कुनै प्रकारको भय । मलाई उसको शानदार मृत्युमा विशेष आश्चर्य भयो । मानिससँग तुलना गर्दा थाहा भयो कि रुँदै कराउँदै मानिसको तुलनामा जीवको मृत्यु कति सरल एवम् कष्टरहित हुन्छ । निःसन्देह यो उसको स्वच्छन्द चिन्ता रहित प्रकृतिक रहन सहनको नै प्रतिपादन हो ।’

मानिस पशु–पक्षीहरुभन्दा बुद्धिमान छ र सामथ्र्यवान पनि प्राकृतिको सर्बाधिक अनुदान उसैले पाएको छ । साना जीवलाई त सीमित सामथ्र्य प्राप्त छ । आफ्नो सीमित क्षेत्रमा सीमित साधानको सहारामा असीम अनुभव गर्छ, तर मानिसका लागि यो भन्दा ठुलो दुर्भाग्यको कुरा अरु के हुनसक्छ कि उसलाई जीवनको आनन्द लिन आउन सकेन ? कारणको खोजमा जान्छ तब एउटै तथ्य उसको हात लाग्छ चिन्ताको आशंका कृत्रिमताले भरिएको जीवन–क्रम । प्रकृतिक दिनचर्या, प्रसन्नता प्रफुल्लताले युक्त जीवनक्रम अपनाउने मानिस नै अधिकांशतः चिर युवा बनीरहे । ढल्दो आयुमा पनि उसमा असाधारण उत्साह एवम् उमंग देखियो । चर्चिल बृद्धावस्थालाई सर्बाेतम् काल भन्थे ।

उनको भनाई थियो, जवानी फुलेको फुल हो भने बुढेसकाल पाकेको फल–एक रंगको खजाना दोस्रोको रसको क्लेश । दुबैको आफ्नो सुवास छ र आफ्नो सौन्दर्य । यो दृष्टिकोणको कारणले नै उनमा ८० बर्षको आयुमा पनि युवकको जस्तो उमंग र बच्चाको जस्तो मस्ती थियो । इग्ल्याण्डका शासकिय कार्यमा आयुको अन्तिम अवधिमा पनि परामर्श दिदै रहे । माहात्मा गान्धी ८० बर्षको उमेरमा पनि आफुलाई युवक मान्थे । उनको स्फुर्ति देखेर नै थाहा हुन्थ्यो । बृद्धावस्थामा पनि बनार्ड शाको चुस्ती फुर्ति देखेर उनी युवा भएको झैँ शंका हुन थाल्थ्यो । यसको कारण थियो उनी सक्रियता, प्रसन्नता, प्रफुल्लता, एवम् दिनचार्य प्राकृतिक रुपले बिताउँथे ।

एक जवानी संतको भनाई छ –‘बुढेसकालको चाउरी, ईश्वरले दिएको बरदान हो । निश्चय नै प्रसन्नता मुख–मन्डलमा सतत बनीरहयो भने बृद्धावस्था अभिशाप बन्न सक्दैन । भुतपुर्व राष्ट्रपति सर्वपल्ली डा. राधाकृष्णले चिरयौवनको रहस्य बताउँदै भनेका छन् की चिरयुवा बनिरहनका लागि मानिसले हंसमुख स्वभाव वास्तविक एवम् गम्भीर रुपमा विकसित गर्नुपर्छ । उनले संयमित प्राकृति अनुरुप आहार –विहारलाई चिरयौवनको कुंजि मानेका छन् ।’

डा. मेलविन कीथी आफ्नो पुस्तक रायलरोडटु हेल्पमा लेख्छन् कि अप्रकृतिक दिनचर्याको कारण मानव जाति दिन प्रतिदिन शक्ति सामथ्र्यको दृष्टिबाट क्षीण हँुदै गैरहेको छ । जस्को प्रतिफल हो असमयमा बुढो हुने, अनेकौँ रोग लाग्ने मानिसले प्रकृतिका अन्य पशु–पक्षीहरुबाट प्रेरणा लिनुपर्छ । तथा उनीहरुको अनुकरण गर्नु पर्छ जो आयुको अन्तिम समयमा पनि असीम उत्साह एवम् उमंगले भरिरहन्छन् । जबकि मानिस अनेकौं प्रकारको रोगले ग्रस्थ भएर रुँदै कल्पदै जीवनको अन्तिम दिन पुरा गर्छ । अविकसित प्राणि जो मानिसभन्दा हर दृष्टिले साना छन् । उनीहरुसंग न बस्नका लागि घर छ न अन्य साधन भोलिका लागि आहाराको समस्या छ । संचयको नाममा केहि पनि छैन । यस्तो स्थितिमा पनि सदा स्वस्थ एवम् प्रसन्नचित्त रहन्छन् ।

बृद्धावस्थाको असमर्थताको अभिशाप उनीहरुलाई लाग्न पाउँदैन । जबकि मानिस साधन, योग्यता, प्रतिभाको दृष्टिले सबैभन्दा अगाडि छ, तर पनि रोग, क्लेश, असमर्थता तथा बुढेसकालको रुवाई उसैले रुनुपर्छ । निस्सन्देह यो अप्रकृतिक रहन–सहन अनावश्यक चिन्ता एवम् आशङ्काको नै दुष्परिणाम हो । शारीरिक सक्रियता मनसिक प्रसन्नता एवम् प्रफुल्लता बनिरह्यो भने कुनै कारण छैन कि उसले चिर यौवनको आनन्दबाट पनि बञ्चित रहनु परोस् । यो तथ्यलाई बुझ्न एवम् अपनाउन सकियो भने त्यसै प्रकार जीवनपर्यन्त स्वस्थ एवम् प्रसन्नचित्त रहन सकिन्छ । जुन प्रकार पशु–पक्षी । मानिसलाई श्रेष्ठतम् जीवमा गन्छन् । त्यसलाई पंचतत्वले निर्मित परमात्माको निवास स्थान मान्छन् त्यसैले यसलाई देव मन्दिर पनि भनिएको छ । परमात्माको निवास गृह देव रुपी मन्दिरलाई पवित्रता, निर्मलता र शोभा सुषमा–सौन्दर्यले भरिएको हुनुपर्छ । ईश्वरको यो दुर्लभ अनौठो एवम् सुन्दर देहरुपी उपहारको उपेक्षा, अवहेलना, तिरस्कार गरेर उसलाई रोगी, शक्तिहिन, कुरुप बनाउनु महापाप आर्जित गर्नु हो । यसलाई सुन्दर स्वस्थ र रोगमुक्त राख्नु नै सर्वोपरि कर्तव्य हो ।

यो शरीर नै धर्मादिलाई प्राप्त गर्ने साधन हो । कुनै पनि भौतिक तथा अध्यात्मिक उपलब्धिबिना स्वास्थ्य एवम् निरोग–सशक्त शरीरको सम्बन्ध छैन । यो संसारमा जीवनको आधार यो शरीर नै हो । यो देव मन्दिर देहको जब यति महत्तो शास्त्रमा प्रतिपादित गरिएको छ, तब प्रश्न उठ्छ कि यसलाई निरोगी, स्वस्थ एवम् सशक्त कसरी राख्ने ? यो त सबैलाई थाहा छ कि, यो मानव देहको निर्माण अग्नि, अम्भु, अनल, अनिल र आकाशको पंचतत्वले भएको हो । शरीरमा यदि यी तत्वको संतुलन साम्य बनिरह्यो भने त्यसमा निरोगिता एवम् सशक्तता बनिरहन्छ । र त्यसमा असन्तुलन, विकृति, अथवा कुपित हुनाको कारण रोगको उत्पति हुन्छ । यी पंचतत्व प्रकृतिक हो । यसको असंतुलन, न्युनता, अधिकताले उत्पन्न रुग्णता, दुर्बल आदिलाई प्राकृतिको समीप्या सानिध्यामा रहेर नै हटाउन सकिन्छ । जीवनलाई भौतिक कृतिमबाट धेरै पर राखेर रोगमुक्त, शक्तियुक्त राख्नु पंचतत्वको साधना प्रकृतिक जीवनसँग सम्भव छ ।

मानिस प्रकृति विरोधी आचरण गरेर आफ्नो भुल, प्रमाद या अज्ञानवश रोग आमन्त्रित गर्छ र आफ्नो यो पंचतत्वको कलेबरको उपचार तिव्र एवम् विषालु औषधीहरुको इन्जेक्शन र शल्यक्रियाबाट गराउँछ । जसको दुरगामी परिणाम हानिप्रद नै हुन्छ । यद्यापि क्षणिक राहत यी उपायबाट थाहा हुन्छ कालान्तरमा अन्य जीण साध्य व्याधिहरु प्रकट हुन्छ, जस्ले शरीरको अन्त गरेर नै छोड्छ । प्रकृति माता बडो उदार छिन् । मानव आफुलाई प्रकृतिको आँचलमा छोडेर पंचतत्वको प्रारम्भ गर्छ, उ करुणायी आफ्नो बरदहस्त उसको टाउकोमा राखेर स्वास्थ्य, निरागता एवम् सशक्तताको अनुदान बरदानदिन प्रारम्भ गर्छ । उस्को अनन्त अनुकम्पामा मानिस देहरुपी देव मन्दिर, रोगमुक्त, शक्तियुक्त हुन्छ । अस्तु धेरैभन्दा धेरै प्राकृतिक आहार–विहार अनुरुप जीवनचर्या बनाएर पालन गरेर यो देहलाई स्वस्थ र सशक्त राख्न सकिन्छ र देव मन्दिरको सार्थकतालाई पुर्ण गर्न सकिन्छ ।

जहाँसम्म मृत्युको प्रश्न छ, संसारको कुनै प्राणी यसबाट बच्न सक्दैन । जसले जन्म लिएको छ, उसले निश्चित रुपमा मर्नु नै पर्छ । शास्त्रकारले मृत्युलाई सुखद निद्रा र दिव्य लोक भनेका छन् । अर्थवेदमा भनिएको छ, ‘यो देवताको प्यारो लोक हो । यहाँ पराजयको के काम ? तिमी सोच्छौ कि तिमी मृत्युप्रति संकल्पीत छौ । कुरा यो हैन, हामी तिमीलाई फिर्ता बोलाउँछौ, बुढेसकालभन्दा पहिला मर्ने बरेमा नसोच । वस्तुतः मृत्युबाट अहिलेसम्म कोहि पनि बाचेको छैन, त्यो त अवश्यम्भावी छ । जन्म मृत्युको चक्र निरन्तर गतिशील छ । जहाँ जन्म छ, त्यहि मृत्यु पनि एक दिन अवस्य हुन्छ, तर मृत्युलाई उत्कृष्ट विचारको शक्ति एवम् सद्भाव मन–स्थितिद्वारा आनन्ददायक अवस्य बनाउन सकिन्छ । त्यसलाई संघर्ष गर्दै अगाडि टाल्न सकिन्छ ।’ वेदमा यी तथ्यको उद्घोष गरिएको छ, ‘मेरो शरीरमा शक्ति, ओज, पराक्रम, पौरुष सदा बनिरहोस् । म सय बर्षसम्म आफ्नो इन्द्रियले काम गर्छु ।’

मानव जीवनको सार्थकता यसैका छ कि मानिस आफ्नो जीवन पर्यन्त पुर्णस्वस्थ, शक्तिवान, एवम् विर्यवान बनिरहोस् । आर्षग्रन्थमा ठाउँ–ठाउँमा दिर्घ जीवनको रहस्योद्घाटन गरिएको छ । ‘हे मनुष्य ! तिमी मृत्यु तिर किन गैरहेका छौ ? म तिमीलाई जीवन, उल्लास, यौवन, उत्साहतिर बोलाईरहेको छु, फर्केर आऊ ।’

वस्तुतः उल्लास, स्फुर्ति, निरोगिता नै यौवन हो, वास्तविक आयु जतिसुकै होस् उदासी, कायरता, निषेधात्मक मन–स्थिति, प्रमाद बुढेसकाल हो ।