‘आर्थिक सङ्कट र आम-सञ्चारमा यसको दुष्प्रभाव’ बारे विर्तामोडमा अन्तरक्रिया हुँदै 

शुक्रबार, ९ चैत्र २०८०

विराटनगर – झापाको विर्तामोडमा ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसको दुष्प्रभाव’ विषयक अन्तरक्रिया हुने भएको छ । चैत १० गते शनिबार उद्योग वाणिज्य संघ विर्तामोडमा सभाकक्षमा अन्तरक्रिया हुने भएको हो ।

जनपत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजनामा हुने अन्तरक्रियामा पत्रकार सम्बद्द संघ संस्थाका प्रतिनिधि, मानवअधिकार कर्मी, कानून व्यवसायी, उद्योगी, व्यवसायी, बिच छलफल हुनेछ । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीको प्रमुख आतिथ्यता रहने जनपत्रकार संगठनले जनाएको छ ।

अन्तरक्रियामा अनिल सीले लेखेको ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र संचारमा यसको दुष्प्रभाव’ विषयक अवधारणा(पत्र प्रस्तुत हुनेछ । उक्त अवधारणा पत्रमा वक्ताले आफ्नो धारणा राख्नेछन् ।

उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनपत्रकार संगठनका सचिवालय सदस्य प्रविन अधिकारीले बताए । अन्तरक्रियाको व्यवस्थापन नेकपा झापाले गरेको छ ।