रेशन चौधरीलाई चिप्ल्याउँदै नागरिक उन्मुक्ति पार्टीले गर्यो ‘बोल्ड डिसिजन’
धनगढी – विदेश भ्रमणमा रहेका रेशमलाल चौधरीलाई चिप्ल्याउँदै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले बोल्र्ड डिसिजन गरेको छ , आज बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने बोल्र्ड डिसिजन गरेको हो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । नाउपाका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।
बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो । यसैगरी संस्थापक रेशम चौधरी पनि सहभागी थिएनन् ।
पार्टीका संरक्षक नेता रेशमलाल चौधरीको उपस्थिति विना बसेको बैठकलाई नाउपाका एकथरी संस्थापक नेताका साथै सुदूरपश्चिमका सांसदहरू बहिष्कार गरेका थिए ।