यी हुन् बागमतीका निर्णायक एक्ला सांसद, जसले जोगाइदिए गठबन्धनको नाक

बिहिबार, १५ चैत्र २०८०

काठमाडौँ – बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीले प्रवेश पाएको छ । सत्ता गठबन्धनलाई सरकार टिकाउन सकस परिरहेको अवस्थामा हाम्रो नेपाली पार्टीले सरकारलाई समर्थन गर्दै मन्त्रीपरिषदमा सहभागी भएको हो ।

सत्ता गठबन्धन परिवर्तनपछि सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री पदमा नियुक्त भएका छन् ।

सत्ता गठबन्धनमा निर्णायक मानिएका हाम्रो नेपाली पार्टीका एक्ला सांसद  तथा सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ ग्रहण गरेपछि सत्ता गठबन्धनको इज्जत जोगिएको छ । उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सो मन्त्रालयको जिम्मेवारी तोकेर मन्त्री मण्डल विस्तार गरेका हुन् ।

उनले मातृ (नेपाल) भाषामा शपथ ग्रहण गरेका थिए । योसंगै बागमतीमा तत्कालको लागि सत्ता परिवर्तनको संकट टरेको छ