अमेरिका, भारतले हामीलाई भिख फाल्नु पर्दैन हामि हड्डी घोटेर देश आत्मनिर्भर बनाउँछौँ: विप्लव सी

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चाका अध्यक्ष विप्लव सीले नेपालीहरुलाइ अमेरिकी साम्राज्यवाद र भारतियहरुले पैसाको भिख फाल्नु नपर्ने बताएका छन् ।

शुक्रबार नेपाल वार एसोसियसनको हलमा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिद्वारा आयोजित कम्युनिस्टहरुबिचको एकता तथा धुर्बिकरण कार्यक्रमको अध्यक्ष तथा प्रमुख अतिथीको रुपमा कार्यक्रमको समापन गर्दै यस्तो बताएका हुन् ।

नेपालका सम्पुर्ण स्वाभिमानी जनताहरु नेपालका सच्चा देशभक्त कम्युनिस्टहरु  आफ्नै हड्डी, पाखुरी खियाएर आत्मा निर्भर हुन सक्ने भएकाले अमेरिकी र भारतियले नेपालमा भिख फाल्नु नपर्ने बताए।

महासचिव विप्लवले भने, ‘नेपालमा कम्युनिस्ट धुर्विकरण अभियान जारी छ, यो अभियानबाट नेपालका सम्पुर्ण कम्युनिस्ट, माओवादी घटक एकीकृत भएर यो देशलाइ विदेशीको गुलामिबाट मुक्त गर्ने अभियान सुरु भएको छ। यसले नेपालको बिद्धमान दलाल पुजिवादी संसदिय ब्यवस्था फालेर समाजवाद ल्याउने र जनतालाइ आत्मनिर्भर सुखी समुन्नत बनाउने बाटो खन्न सुरु गरेको छ। यसैको निरन्तरता आजको धुर्बिकरण हो । यो धुर्बिकरण देशमा नेपाली विशेसताको समाजवाद ल्याउने महान यात्राको धुर्विकरण हो। यो देशबाट दलालहरु, साम्राज्यवादीहरुको दवदवाबाट मुक्त गर्ने धुर्बिकरण हो।यो एकताको सवाल भन्दापनि देशको सवाल हो।’

अहिले समाजवादको बहस कम्युनिस्टहरुमा मात्र नभएर प्रत्यक घरघरमा बस्ती बस्तीहरुमा गर्नु पर्ने बेला भएको तर समाजवादको ओकालत गर्ने समाजवादमा विश्वास गर्ने समाजवादका अनुयायी कम्युनिस्टहरु नै छिन्न भिन्न भएकाले सबै कम्युनिस्ट, वामपन्थी, क्रान्तिकारी, देशभक्तहरुले सबै तिक्तता निरासा कुन्ठा त्यागेर एकाकार हुनुपर्ने बताए।

उनले विश्वको इतिहासमा आफ्नो देशको स्वाधिनता, दासता, जनतन्त्र, जनजिवीकाका विषय, समुन्नत स्वाधिन देश बनाउन सबैभन्दा वढी वलिदान कम्युनिस्ट हरुको बताउँदै अब नेपाललाइ समाजवादी देश बनाउन राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, सबै कम्युनिस्टहरुले महत्वपुर्ण योगदान गर्नु पर्ने समय आएको औंल्याए।

विदेशी शक्तिहरुले नेपाललाइ आफ्नो सैन्य रणमैदान बनाउन खोजेको बताउदै उनले त्यसको प्रतिरोध गर्नुपर्ने बताए।
उनले भने, ‘हामी बरु हड्डी घोट्छौ पसिना बगाउँछौ तर विदेशीले दिएको भिक थाप्ने नाममा आफ्नो देशलाइ साम्राज्यवादको रणमैदान हुन दिदैनौ।
हरेक प्रकारका बितिष्णा  कुन्ठा नैराश्यतामा जकडिएका जनताहरुको सपना पूरा गर्न कम्युनिस्ट आन्दोलनलाइ नयाँ सिराबाट उठाउछौँ  त्यसैको निरन्तरता समाजवदी मोर्चा हो।’

फरक प्रसङ्गमा उनले अहिले बुर्जुवा साहित्यकारहरुले साहित्यको नाममा मुक्ति आन्दोलनलाइ अपराध हो भन्ने भ्रम छर्न उद्द्त रहेको भन्दै जनताको बिरुद्धमा छाटिने बुर्जुवा साहित्यलाइ तरबारले छिनाल्नु पर्ने बताए।

उनले संसदिय पार्टीहरुले मिसन ८४ को नारा दिएर जनतामा भ्रम छर्ने काम गरेको बताउदै नेकपाको पनि मिसन ८४ रहेको तर मिसन समाजवाद भएको जिकिर गरे।

नेकपाका स्थायी समिति  सदस्य सुशील सी द्वारा संचालित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा प्रवेस गरेका थिए नवप्रवेसी हरुलाई  महासचिव विप्लव सीले खादा र अबिरले स्वागत गरेका थिए।

नवप्रवेशीहरुले नेकपाले पछिलो समय विकास गरेको नयाँ कार्यदिशा  वैज्ञानिक सोच,नेपालमा नेपाली विशेसताको समाजवादको अपरिहार्यता आत्मनिर्भर पार्टी, आत्मानिर्भर नेता कार्यकर्ता, आत्मा निर्भर उत्पादन, यो सबै आजको आवस्यकता हो भन्ने ठहर सहित यो पार्टीमा धुर्बिकृत भएको बताएका थिए।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य विशम सी, अनिल सी, शिलु सी, पोलिट ब्युरो सदस्य कृति सी, कान्छाराम सी लगाएत केन्द्रीय   सदस्यहरुको आतिथ्यता रहेको थियो भने काभ्रे भक्तपुर नुवाकोट रसुवा, लगाएतका जिल्लाहरुबाट ५ दर्जन भन्दा बढी विभिन्न पार्टी परित्याग नेकपामा धुर्बिकृत भएका थिए ।