अस्पतालको बेडमा छटपटाइरहेकी मेरी आमा

आइतबार, १८ चैत्र २०८०

आमा भन्ने शब्द नै कति कफि छ है !

विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको बेडमा छट्पटाई रहेकी मेरि आमा । दुखेको घाउलाई निको पार्न अप्रेसनको थ्रेटरमा गहभरी आँसु पार्दै टलिमा मैले गुडाउदै गर्दा मेरि आमाले हात हल्लाउँदै अप्रेसन थ्रेटरमा हुल्नु पर्दाको पिडाले निकै मन दुखेको छ ।

मनलाई बुझाउन गाह्रो भै रहेको अवस्थामा डा. राजन पन्त एक्कासी आएर भन्नुहुन्छ, ‘अनिता जी एक घण्टा त हो, नआतिनुहोस् । म छु नी आमाको लागि म सक्दो चाडो राम्रो गर्छु ।’ डा. साबको यो कुरा सुन्दा साच्चै आत्म मनोबल बढेर आएको छ।

आमा भित्र बिहोस आवस्थामा म ढोका बाहिर कुरिरहेको छु । कति खेर मेरि आमा भन्दै अंगाल्न पाउँ भनेर, त्यो तिम्रो सिंगो शरीरलाई काटेर छिया छिया पारेको घाउमा आतुर छु आमा मेरो हातले छुन र आँखाले हेर्न !

कसलाई के थाहा मान्छेको यो भौतिक शरीर कति बेला के हुन्छ भनेर । बाचुन्जेल बाबाआमालाई एक छाक खाना लाउन दिनको लागि पनि दिन रात रुहाएर बृदा आश्रममा पठाउने छोराछोरी मरे पछि आमाबाबाको नाममा पिन्डा चढाउने, यो हाम्रो समाज प्रसस्तै भेटिन्छ ।

दुई दिन बाचुन्जेल बाबा आमाको आँखामा आँसु हैन । हासो देउ, मरेपछि त दुख गरेर हातको नङ्ग्रा खियार बनाईदिएको झुपडीमा एक रात पनि नअटेर बाहिर निकाल्छ्न । बाबा आमाले जोडि दिएको खेतबारीमा नअटेर एउटा खोलाको बगारमा लगेर जलाउन आतुर हुन्छ्न ।

अनिता सी उदयपुर, पूर्वी जिल्ला सेक्रेटरी हुन् ।
२०८०÷१२÷१२ आईतवार