सहिद परिवारसङ्ग विप्लवको फलामे प्रतिबद्धता: क्रान्तिको झण्डा अन्तिमसम्म फहराइनेछ

मंगलबार, २० चैत्र २०८०

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालको क्रान्तिको झण्डा अन्तिमसम्म फहराइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार कमलादीस्थित प्रज्ञाभवनमा आयोजित सहिद (गाथा ञराष्ट्रको लागि बलिदानझ लोकार्पण तथा सहिद परिवार सम्मान कार्यक्रममा मन्तव्य राख्ने क्रममा महासचिव विप्लवले सहिद परिवारको भावना र प्रतिबद्धताले आफुहरुलाई उर्जा दिएको बताए ।

“सहिद परिवारका भावना, सुझाव र आलोचनालाई हामी क्रान्तिको शक्तिमा बदल्ने छौं” – महासचिव विप्लवले भने,( “हामीले लिएको नयाँ बाटोले सहिदका सपना साकार पार्न क्रान्तिलाई शिखरमा पुर्‍याउने छ ।”

राज्यको गलत नीतिको कारण देशमा आर्थिक( राजनीतिक संकट थपिदै गएर सबैतिर निराश बढिरहेको बेला आफ्नो पार्टी, पार्टीका नेताकार्यकर्ता आत्मविश्वाससहित समाजवादी यात्रामा अघि बढिरहेको भन्दै विप्लवले देशलाई आवश्यक परेको बेला जुरुक्क उठेर काँध थाप्ने शक्ति नेकपामा मात्रै भएको बताए ।

महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा बलिदान गर्ने सहिदको रगतले पीडा, भावना र समवेदना थपेको भएपनि अर्कोतिर यसले पार्टीको नीति अनुसार समाज र जनताको पक्षमा उभिने पार्टीपङ्ती समेत तयार गरेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ माओवादी केन्द्र, नेकपा समाजवादी पार्टीसहितको मोर्चा निर्माण गरिरहेको बेला आन्दोलनलाई परम्परागत रूपमा मात्रै सोचेर नहुने बरु नविनता र जोखिम लिन तयार हुन जरुरी रहेको भन्दै महासचिव विप्लवले क्रान्ति भनेको भेल तर्ने नवीन विषय समेत भएको बताए ।

नेपालको आजको विशिष्ट परिस्थिति, विगतका अनुभव र अहिलेको चुनौतीलाई सामना गर्नका लागि कोहिपनि एक्लै हिड्छु भन्ने कुराले गन्तव्यमा पुग्न नसकिने बरु अगाडि बढ्न चाहने सबै शक्तिको बिचमा हातेमालो गरेर जानुपर्ने बेला आएको समेत उनको भनाइ थियो ।