रनवेको ‘फेयरवेल’ कार्यक्रममा विद्यार्थीले भने, ‘राम्रा मान्छेहरुले चलाएको कन्सल्टेन्सीमा काम पनि राम्रै हुँदो रहेछ’

मंगलबार, २० चैत्र २०८०

काठमाडौं – रनवे इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको वेयलकम तथा फेयरवेल कार्यक्रम सम्पन्न भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी भिसा लागेका विद्यार्थीलाई विदाई र भाषा अध्ययनका लागि आएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै रनवेको वेयलकम तथा फेयरवेल कार्यक्रम सम्पन्न भएको हो ।

रनवेबाट जापान अध्ययनका लागि ‘फेब्रुअरी २०२४’ इन्टेकका लागि भिसा एप्लाई गरेका ९९ प्रतिशत विद्यार्थीको भिसा लागेको थियो । उक्त कार्यक्रममा उनीहरुलाई मायाको चिनो दिएर रनवेले विदाई गरेको थियो भने अब्टोबर इन्टेकका लागि तयारी गरिरहेका विद्यार्थीलाई खादा ओढाएर स्वागत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले रनवेबाट एप्लाई गर्दा धेरै सजिलो भएको प्रतिक्रिया दिएका थिए । ‘राम्रा मान्छेहरुले संचालन गरेको कन्सल्टेन्सीले गर्ने काम पनि राम्रै हुँदो रहेछ ।’, विद्यार्थीले भने, ‘कक्षा कोठामा धेरै टाइट, डकुमेन्टेशनमा स्टिक र व्यवहारिक रुपमा सहयोगी सरहरु भएकाले हामीलाई धेरै सजिलो भयो ।’

कार्यक्रममा समाजसेवी भिष्म शाहीको प्रमुख आतिथ्यता रहेको थियो । विद्यार्थीलाई शुभकामना दिदै शाहीले विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरु नेपाल फर्किनुपर्ने धारण राखेका थिए । ‘नेपाल विश्वको सुन्दर देश हो, धेरैले नेपाललाई स्वर्ग भन्छन् ।’, उनले भने, ‘विदेश जाने तपाईंहरुको रहर होइन, तपाईंहरु बाध्यताले विदेशीदै हुनुहुन्छ । विदेशीनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि तपाईंहरु शिक्षत भएर नेपालमै फर्किनुपर्छ । देशको माया नमार्नुहोला ।’

शाहीले नेपालका राजनीतिक दलहरुले देशलाई प्रयोगशाला बनाएको बताउँदै उनीहरुको चंगुलबाट मुक्त गर्नका लागि विदेशीएका विद्यार्थीको आवश्यकता महत्वपूर्ण हुने बताए । कार्यक्रममा रनवेका प्रवन्ध निर्देशक मेघराज शाहीको अध्यक्षता रहेको थियो ।

कार्यक्रमलाई समापन गर्दै मेघराज शाहीले भिसा एप्लाई गर्दाका तिता मिठा अनुभवलाई बिर्सिएर आफ्नो भविश्य बनाउनका लागि मिहिनेत गर्न सुझाव दिएका थिए । साथै, उनले जापानमा आइपर्ने समस्याहरुको समाधान गर्न रनवे तमतयार रहेको बताउँदै केही समस्या आउँदा आफूलाई सम्पर्क गर्न आग्रह गरेका थिए ।

कार्यक्रमको संचालन रनवेका प्रिन्सिपल विप्लवले गरेका थिए । कार्यक्रममा विभिन्न विधाका तीन जना विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।