जनार्दनले कर्णालीमा प्रचण्डलाई बनाए रुनु न हाँस्नु, हुँदैछ यस्तो खतरनाक तयारी

मंगलबार, २० चैत्र २०८०

काठमाडौँ – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन विपरित आज विश्वासको मत लिने भएका छन् ।

केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले दिने सहमति भएपनि कर्णालीका मुख्यमन्त्रीले त्यस विपरित आज विश्वासको मत लिने भएका हुन् ।

प्रचण्डले सोमबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए । तर, त्यस विपरित मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने बताएका छन् ।

अध्यक्षले मुख्यमन्त्रीलाई फोन गरेर एमालेलाई नेतृत्व छाड्न भनेको र अहिले संवैधानिक व्यवस्था अनुसार संसदमा विश्वास मतका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिने सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।

‘मुख्यमन्त्रीज्यूले पनि केन्द्रबाट गलत समय र तरिकाको निर्णय आएकाले विश्वासको मत लिने जवाफ दिनुभएको छ ।’ उनले भने,‘मुख्यमन्त्री शर्माले मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यही आधारमा अघि बढ्छ ।’

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ ।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नयाँ समिकरण बनेसंगै कर्णालीमा एमालेलाई सरकारको नेतृत्व दिन नहुने अडान राख्दै आएका छन् वर्तमान मुख्यमन्त्री राजकुमार पनि जनार्दन निकट मानिन्छन् यसैकारण पनि शर्मालाई उनैले उक्साएको चर्चा हुन थाएको छ। यो संगै कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने बचनवद्धता दिसकेका प्रचण्डलाई