समाजवाद हुदै साम्यवादमा पुग्न संविधानले रोक्दैन : माधव नेपाल

मंगलबार, २० चैत्र २०८०

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवाद हुँदै साम्यवादसम्म पुग्नका लागि संविधानले नरोक्ने बताएका छन् । समाजवादी मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले समाजवाद हुँदै साम्यवादमा पुग्न अवरो गर्ने संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

उनले कम्युनिस्ट साम्यवादीहरुको विश्व साम्यवादमा पुग्ने बाटो समाजवाद भएकाले त्यो बाटोमा हिड्न नेपालको संविधानको कुनै प्रावधानले रोक्छ भने त्यसलाइ संसोधन गरेर अघि बड्नुपर्ने बताए । उनले भने, ‘समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्यलाई संविधानको कुनै प्रावधानले कानुनले रोक्छ भने त्यसलाई सम्सोधन गरेर जानुपर्छ । अहिलेको सम्पूर्ण संकटको समाधान भनेको नेपाली विशेषताको समाजवाद हो । समाजवाद मात्र भनेर हुदैन समाजवादीहरु जनताका समस्यासँग एकाकार हुँदै जनताको दुःख सुख सबै कुराको महसुस गर्दै जनताहरुको गरिवी अभावमा समाजवादीहरु चिन्तित हुनुपर्छ, जनताको पीडामा समाजवादीहरुको मन पोल्नुपर्छ।’

इतिहासका निर्माता जनता भएको बताउदै जनताका गाँस, बास, कपास, शिक्षा, स्वस्थ, रोजगार जस्ता अनिवार्य आवस्यकताको प्रत्याभूत दिलाउन नसके जनताबाट अलग भए समाजवादीहरुको बिजोग हुने तर्क गरे । उनले भने, ‘समाजवादमा जान बादक जनमुखी शिक्षा नहुनु हो । आत्मानिर्भर अर्थ प्रणाली नहुनु हो । निर्वाचन प्रणाली महङ्गो भड्किलो हुनु हो । निर्वाचन प्रणालीमा समस्या छ । यसको समेत आमूल परिवर्तन जरुरी छ । पैसा भएमा जस्ता दलालहरु पनि निर्वाचित भएर संसदमा जाने, नीति बनाउने ठाउँमा पुग्ने तर साधरण जनताको छोराले भड्किलो निर्वाचन प्रणालीले गर्दा खुम्चिएर बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ ।’

अहिलेको प्रधान अन्तर बिरोध दलाल पुँजीवाद र समाजवाद बिचको भएको उनको तर्क थियो । ‘दलाल जुँजीवाद जनताको समस्या नहेर्ने र उसलाई कसरी लुटेर कमाउने भन्ने चिन्ता हुन्छ ।’, उनले भने, ‘तर समाजवादीहरुलाई जनताको चिन्ता छ । त्यसैलाई आधार मानेर यो परिस्थितिको फाइदा उठाउदै फेरि प्रतिगामी सकृय छन् । त्यसलाइ यो समाजवादीले रोक्नुपर्छ ।’