तनावलाई कसरी व्यवस्थापन गर्ने ?
काठमाडौं – आजको यो एक्काईसौं शताब्दीको समयमा मानिसहरुले अनेक आवाश्यकता पुरा गर्न आवश्यक, सुविधायुक्त र विलासीका वस्तुहरुको खोज, अनुसन्धान, र आविष्कार गरिरहेका अवस्थामा तिनै नव सृजित वस्तुहरुको दुरुपयोगले नकरात्मक प्रभाव पारिरहेको छ । नकरात्मकको दुस्प्रभाव तनाव हो । तनाव एउटा सोच हो । तनाव एउटा मानसिक थकान हो । तनाव मनोवैज्ञानिक हो । तनाव आशाभित्रको निराशा हो । यो एउटा चिताको सृजना गर्ने चिन्ता हो । तनाव सोचन र चिन्तनको ह्रास विन्दु हो । तनाव आफैंले सृजना गरेको नकरात्मक परिणाम हो । दिर्घ चिन्तनको अभावमा सृजना भएको परिणीति हो तनाव । तनाव सकरात्मक सोचको अभावमा रुमल्लिएको एउटा उल्झन हो । तनाव शुन्याता भित्र लुकेको शुन्या अवस्था हो । जुन व्यक्तिको सोचमा भर पर्दछ ।
मानसिक वा शारीरिक व्यस्तताभित्रको अस्तव्यस्त व्यवस्थापन तनाव हो । तनाव बोलिने एउटा शब्द हो जस्ले नकरात्मक ल्याउँछ । तनाव वास्तवमा सृजनशिलता र प्रगतिलाई अबरोध गर्न बनाईएको एउटा अनुभुतीको शब्द निर्माण हो । तनाव सोचेको अभाव हो । अल्छिपनको सांकेतिक शब्द हो । यदी व्यक्ति नकरात्मक सोचमा छ भने तनाव उसको अनन्य मित्र हो र यदी व्यक्तिमा सकरात्मक सोच जागरुक छ भने तनाव शब्द नै व्यक्तिको शब्दकोशमा हुँदैन । तनाव न शत्रु हो न मित्र, यो त शुन्य हो । ग्रहण गर्नका लागि यो निराधार छ । रोग र शोकको सङ्ग्राहालय तनाव हो । “त–ना–व” तनभित्र लुकेको नकरारात्मक बहान नै तनाव हो ।
वास्तवमा तनाव के हो त ? छ तनाव, छैन तनाव, पुरा भयो तनाव, अधुरै रह्यो तनाव । मिल्यो तनाव, मिलेन तनाव । आयो तनाव, आएन तनाव । भयो तनाव, भएन तनाव । सफल भए तनाव असफल भए तनाव । धन भए तनाव, गरीब भए तनाव । प्रगती भए तनाव, प्रगती भएन तनाव । बढे तनाव, घटे तनाव । गर्मी भए तनाव, जाडो भए तनाव । अस्तित्वमा आए तनाव, नआए तनाव । सत्य बोले तनाव, झुटो बोले तनाव । तनाव शब्दको सहज प्रयोग गर्नेलाई बिहान ब्यँझे देखि राति ननिदाउन्जेलसम्म तनावै तनाव ।
अब त फेसबुकमा लाइक कम भयो तनाव, लाइक गरेन तनाव, फ्रेन्ड्स रिक्वेस्ट अक्सेप्ट भएन तनाव, कसैले कमेन्ट गरेन तनाव, फोटो कम भयो तनाव, सेल्फी अपडेट भएन तनाव, कसैले हेरिदिएन तनाव, आदि इत्यादि तनाव शब्दको प्रयोग गर्ने व्यक्तिलाई तनावै तनावको संसार ।
वास्तवमा तनाव एउटा अनुभुतीको लागि जबरजस्ति गरिएको अभ्यासको प्रयास हो । दैनिक क्रियाकलापबाट सृजना हुने नकरात्मक प्रभावको निकास प्रकृया हो तनाव । यो सूर्यदय भएपछि सूर्यास्त हुने कुनै दुबिधा छैन, कृयापछि प्रतिकृया हुन्छ भन्ने कुनै शङ्का छैन त्यसरि नै मानिसको दैनिक क्रियाकलपबाट उत्पन्न नकरात्मकको निकाश स्वभाविक हो । अझ यो प्रकृतिक प्रक्रिया जस्तै हो भन्ने अतिसयुक्ति हुँदैन । जीवलाई बुझ्न सके संघर्ष र समाधान हो, तर जीवनको संघर्ष भन्ने अर्थ बुझ्न नसके यो तनाव हो । तनावको अर्थपुर्ण रुप संघर्ष हो र निअर्थक शब्द तनाव हो । संघर्ष गर्दै अघि बढ्नु तनाव ब्यबस्यापनको मुख्य उपाय हो । अझं भन्नौं हरेक कुरामा सन्तुस्ट हुनु पनि तनावको ब्यबस्थापन हो ।
तनावको सही व्यवस्थापन
१) मस्तिष्कलाई विश्राम दिने
मस्तिष्कलाई कुनै कुराले चाहिनेभन्दा धेरै व्यस्त बनाउँदा दिमागलाई विश्राम पुग्दैन । यसका लागि जीवनोपयोगी उत्प्रेणामूलक पुस्तकहरू अध्ययन गर्न सक्छौँ । सोचाइलाई सकेसम्म सकारात्मक बनाउनुपर्छ । जीवनका प्रत्येक पलमा खुुसी भएर काम गर्ने कलाको विकास गर्नुपर्छ । सकेसम्म नकारात्मक वातावरण भएको स्थानमा बस्नु हुँदैन ।
२) श्वासप्रश्वासको अभ्यास
तनावसँग श्वासप्रश्वासको ठूलो सम्बन्ध छ । मानिस रिसाउँदा, तनावमा हुँदा श्वासको लय बिग्रन्छ । त्यस्तो समयमा श्वासलाई गहिरो लामो तान्ने अनि गहिरो लामो छोड्ने गर्नुपर्छ । यसले तुरुन्त तनावलाई शान्त बनाउँछ । यसलाई योगको भाषामा प्राणायाम पनि भनिन्छ।
३) स्वस्थ जीवनशैली
जीवनशैलीलाई स्वस्थ बनाउन सक्यौँ भने तनावले असर गर्न सक्दैन ।
तनावलाई पूर्णतया हटाउन भने सकिँदैन । कसरी तनावलाई ग्रहण गर्ने भन्ने महत्वपूर्ण हो । त्यसैले सात्विक भोजन लिने, मद्यपान÷धुम्रपान नगर्ने, गाढा निद्रा लिनेजस्ता कुरालाई जीवनमा लागू गर्नुपर्छ। ध्यान र योग नियमित योग र ध्यानले शरीर, मन र भावनालाई सन्तुलित बनाउँँछ । नियमित ध्यानको अभ्यासले तनाव आउन दिँदैन ।
यदि आइ नै हाल्यो भने पनि उचित सामाधानको उपाय खोज्न विवेक पैदा हुन्छ । यसले मानिसलाई स्वस्थ बनाउनुका साथै अध्यात्मको खोजसम्म पनि पुर्याउँछ । स्वीकार गर्ने कलाको विकास कतिपय कुरा स्वीकार गर्न नसक्दा पनि तनाव उत्पन्न हुन्छ । जसको कारण स्वयम् आफैँ हो ।
कति कुराहरू यस्ता हुन्छन्, जसको नियन्त्रण अनि परिवर्तन सम्भव हुँदैन । यस्तो वेलामा स्वीकारभन्दा अर्को उपाय हुँदैन । क्षमा, करुणा, प्रेमलाई बढाउनुपर्छ । विश्राम गर्ने समय निकाल्ने मानिस नाम र दाम कमाउन २४ घन्टाको आधाभन्दा धेरै समय व्यस्त रहन्छ । जसले गर्दा शरीर र दिमागलाई विश्रामको समय पुग्दैन । त्यसैले प्रकृतिसँग नजिक हुने, परिवारसँग घुलमिल हुने, असल साथीहरूसँग समय बिताउने गर्नुपर्छ । यसले गर्दा दिमागलाई स्फूर्त बनाउँछ ।
राम्रा कुरालाई डायरीमा लेख्ने, संगीत सुन्ने, जुन काम गर्दा आनन्द आउँछ, त्यस्ता सकारात्मक कुरालाई दैनिक जीवनमा लागू गर्ने गर्नुपर्छ ।