अस्ट्रेलियाका विश्वविद्यायहरूको वरीयतामा उथलपुथल, नेपाल बन्यो कारण

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं – अस्ट्रेलियाका विश्वविद्यालयहरुको वरीयतामा फेरबदल भएको छ । गृहमन्त्रालय अन्तरगतको अध्यागमन विभागले विदेशी विद्यार्थीहरु भर्ना हुने विश्वविद्यालयहरुको वरीयतामा फेरबदल गरेको हो । ‘असिस्मेट लेभल’ नाम दिइएको उक्त वरीयतालाई ‘इभिडेन्स लेभल’मा परिणत गर्दै अस्ट्रेलियाले कलेजहरुको वरीयता फेरबदल गरेको छ ।

अस्ट्रेलियामा रहेका ४२ वटा विश्वविद्यालयमध्ये १६ वटा विश्वविद्यालयहरु वरीयताको पहिलो नम्बरमा परेका छन् । पहिलो नम्बरमा परेका विश्वविद्यालयमा भिसा एप्लाई गर्दा अध्यागमन कार्यालयले प्राथमिकता दिने गर्दछ । २३ वटा विश्वविद्यालहरु दोश्रो बरियतामा परेका छन् । दोश्रो र तेश्रो बरियतामा रहेका विश्वविद्यालयमा एप्लाई गरेका विद्यार्थीको भिसा कम प्राथमिकतामा पर्ने गरेको छ ।

त्यस्तै तेश्रो बरियतामा तीन वटा विश्वविद्यालयहरु रहेका छन् । यी विश्वविद्यालयमा भिसा लाग्ने सम्भावना निकै कम हुन्छ भने भिसा रेट एक बर्षसम्म पनि नबढे ति विश्वविद्यालयहरु ६ महिनाका लागि निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । नयाँ वरीयता अनुसार १० वटा विश्वविद्यालयको स्तर खस्किएको छ । ८ वटा विश्वविद्यालयहरु पहिलो बरियताबाट दोश्रोमा पुगेका छन् भने दोश्रो बरियतामा रहेका २ विश्वविद्यालय तेश्रो बरियतामा झरेका छन् ।

पहिलोबाट दोश्रोमा झर्ने विश्वविदालयहरुमा नोट्रे डामी युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, ग्रिफिथ युनिभर्सिटी, मर्दोक युनिभर्सिटी, युनिसा युनिभर्सिटी, वेस्टर्न सिड्नी युनिभर्सिटी, क्विन्सल्याण्ड युनिभर्सिटी, न्यु क्यास्टल युनिभर्सिटी रहेका छन् भने युनिभर्सिटी अफ तास्मिनिया र युनिभर्सिटी अफ न्यु इङ्ल्याण्ड दोस्रोबाट तेश्रोमा झरेका हुन् ।

विश्वविद्यालयको स्तर खस्किनुमा नेपाल लगायत भारत र पाकिस्तानका विद्यार्थी मुख्य कारण बनेको अस्ट्रेलियाको गृहमन्त्रालयले जनाएको छ । विश्वविद्यालयको स्तर घट्नुमा अत्यधिक भिसा रिजेक्सन, भिसा लागेर अस्ट्रेलिया पुगेका विद्यार्थीले विश्विद्यालय परिवर्तन गर्नु लगायतका कारण देखाएको छ ।

पहिलो बरितामा रहेका विश्वविद्यालयमा भिसा एप्लाई गर्दा फाइनान्सियल डकुमेन्ट र अंग्रेजी भाषाको स्कोर आवश्यक पर्दैन । पहिलो बरियतामा रहेका विश्वविद्यालयमा एप्लाई गरेका विद्यार्थीलाई हाइकमिसनले विश्वविद्यालयले दिएको अफरलेटरलाई विश्वास गरेर भिसा दिने गर्दछ । दोश्रो र तेश्रो बरितामा रहेका विश्वविद्यालयमा भने फाइनान्सियल डकुमेन्ट अंग्रेजी भाषाको स्कोरदेखि विभिन्न खालका कागजात माग्दै भिसामा कडाई गर्ने गरिएको छ । अस्ट्रेलियन हाइकमिसनले भिसाको बरियतामा पनि नेपाललाई तेश्रो नम्बरमा राखेको छ ।

पहिलो वरीयतामा रहेका विश्वविद्यालयमा भिसा आवेदन दिदा चाहिने डकुमेन्ट

दोश्रो र तेश्रो वरीयतामा रहेका विश्वविद्यालयमा भिसा आवेदन दिदा चाहिने डकुमेन्ट