ध्रुवीकरण बिना मजदुर आन्दोलन सम्पन्न हुन सक्दैन: श्याम सी

मंगलबार, ४ बैशाख २०८१

काठमाडौँ – श्रमजीवी वर्गको ब्यबस्था नेपाली बिशेषताको  समाजवाद स्थापनाआन्दोलन सम्पन्न गर्न बृहत मजदुर ध्रुवीकरण आवस्यक रहेको अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी संयोजक श्याम सी ले बताएका छन । मंगलबार काठमाडौँको कलंकीस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित मजदुर ध्रुवीकरण कार्यक्रम लाइ सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन्।

कार्यक्रबाट मोहन वैद्य नेतृत्व को ट्रेडयुनियन महासंघबाट बिद्रोह गर्दै मजदुर संघका केन्द्रीय सचिवालय सदस्य तथा ३ नम्बर प्रदेश मजदुर इन्चार्ज लामुनुदिन अन्सारी क्रान्तिकारी ट्रेडयुनियन महासंघमा ध्रुवीकरण भएका छन ।
महासंघको बैसाख १९ गते हुने राष्ट्रिय सम्मेलन नजिकिए संगै ध्रुवीकरण को लहर चलेको र ध्रुवीकरणका लागि नेकपा नै प्रमुख केन्द्र रहेको संघका संयोजक श्यामको भनाइ थियो। दुई साता अघि मात्र कमलादीस्थित प्रज्ञाप्रतिष्ठा को सभाहलबाट तीन दर्जन भन्दाबढी मजदुर नेता हरु ध्रुवीकरणमा आएका थिए।

देशका विभिन्न जिल्लाबाट दर्जनौंको संख्यामा नेकपाको भातृसंगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयूनियन महासंघ संग ध्रुवीकरण भैसकेका छन् ।  ध्रुवीकरण कार्यक्रममा आफ्नो बिचार राख्दै लामुनुदीन अन्सारीले अबको स्वाभिमानको आन्दोलनका लागि नेकपामा मात्र वैज्ञानिक यजेण्डा  र विश्वासिलो नेतृत्व देखेको बताए ।
श्याम सीको अध्यक्षतामा सम्पन्न ध्रुवीकरण कार्यक्रमको संचालन टेक सीले गरेका थिय भने कार्यक्रममा मजदुर नेता रामशरण सी र रामचन्द्र सीको उपस्थिति रहेको थियो।