धातु मजदुर संघ चितवनको आठौं जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा राजु सी
चितवन – अखिल नेपाल क्रान्तिकारी धातु मजदुर संघ मध्यचितवनको आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ। शनिबार चितवन मा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको पेशागत घटक अखिल नेपाल क्रान्तिकारी धातु मजदुर संघ मध्यचितवनको आठौं जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले राजु सीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको धातु मजदुर संघ मध्यचितवनले जनाएको छ। सम्मेलनले अध्यक्षमा राजु सी,उपाध्यक्षमा गोपाल सी,सचिवमा नवराज सी,कोषाध्यक्षमा राजेश सी र सहसचिवमा राम बहादुर सी लगायत १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ।
राजु सीको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टीका मध्यचितवन ईन्चार्ज रुद्र सीको प्रमुख आतिथ्यता र अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य धर्म सीको बिशेश उपस्थित रहेको थियो।
कार्यक्रममा अखिल समाजवादीका केन्द्रीय सचिव अटल सी, अखिल नेपाल (क्रान्तिकारी) शिक्षक संगठन का केन्द्रीय सचिव राजेन्द्र सी मध्यचितवन कार्यालय सचिव कृष्ण सी, भरतपुर महानगर इन्चार्ज आलोक सी र युवा संगठन नेपालका केन्द्रीय सदस्य पारस सी लगायतको उपस्थिति रहेको थियो। राजु सीको अध्यक्षतामा सम्पन्न सम्मेलनको संचालन शन्तोश सीले गरेका थिए ।
कार्यक्रम मा बधाई तथा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि तथा मध्यचितवन जिल्ला इन्चार्ज रुद्र सीले महासंघका झण्डै दुई दर्जन पेशागत घटक संघहरुले र समग्रमा महासंघ ले मजदुर लाई एकताबद्ध गर्दै अहिलेको नयाँ युगमा विकशित टेक्नोलोजी अनुसारको कार्यक्रमको विकाश गर्नुपर्ने बताए ।
त्यस्तै विशेष अतिथि धर्म सीले चितवनको भरतपर मा बैसाख १९ गते हुने महासंघको राष्ट्रिय सम्मेलनको पूर्व तयारीमा जुट्न सम्पुर्ण पेशागत संघ र महासंघका नेताकार्यकर्ता लाई निर्देशन दिनुका साथै निर्वाचित जिल्ला समितिलाई सफल कार्यकालको शुभकामना सहित सुभकामना मन्तव्य राखेका थिए।
