विश्वदीपलाई भित्त्र्याएर मख्खै परेका प्रचण्डलाई अर्का एक नेताले खुवाए चक्मा

आइतबार, ९ बैशाख २०८१

काठमाडौं – नेकपा माओवादी केन्द्रले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेलाई भित्त्र्याएको केहिदिन बित्न नपाउँदै पार्टी भित्रकै अर्का नेता बाहिरिएका छन्।

केहि समय अघिमात्र माओवादी केन्द्र त्यागेका रामकुमार शर्मा जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गर्ने भएका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज हुने एक कार्यक्रमकोबिच उनी परिवारसहित पार्टी प्रवेश गर्न लागेको जसपाले जनाएको छ ।

जसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले शर्मा, उनकी पत्नी इन्दु शर्मालगायत नवप्रवेशीहरुलाई स्वागत गर्ने जानकारी दिए।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका शर्मा तमलोपा, नयाँशक्ति हुँदै माओवादीमा पुगेका थिए ।