नेपाली स्याटलाइट अन्तरीक्ष केन्द्रमा पुग्यो

सोमबार, ९ बैशाख २०७६

काठमाडौं – नेपालले पहिलोपटक प्रक्षेपण गरेको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले सोमबार पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको जानकारी गराएको हो ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली बैज्ञानिकद्वय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको नेपाली स्याटेलाइट वान गत वैशाख ५ गते नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो ।