अर्जुन राज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडका सहायक महाप्रबन्धक अर्जुन राज खनिया सहायक प्रमुख कार्यकारी अधिकृत (एसिईओ) पदमा बढुवा भएका छन । बैंकको संचालक समितिले खनियालाई एसिईओमा बढुवा गरेको हो ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनिया बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगाल्दै आएको छन् । सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनियाले सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।
तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भूमिकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका छन् । खनिया अहिले Strategic Performance Management Ecosystem/Experience Assurance Ecosystem प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी छन् ।
बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको Transformational Journey मा अतुलनिय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका खनियालाई बैंकले दिएको यस नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने छ भन्ने पूर्ण विश्वास रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।