विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनपत्रकार संगठन नेपालले गर्यो प्रभातफेरी
काठमाडौ – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनपत्रकार संगठन नेपालले प्रभातफेरी गरेको छ। शुक्रबार नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन उद्घाटन तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीको शान्तिबाटिका देखि राष्ट्रिय सभागृहसम्म प्रभातफेरी गरिएको हो।
जनपत्रकार संगठन नेपालद्वारा(प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो एक्यवद्धता, मानव अधिकारको रक्षा र समाजवादका लागि जनपत्रकारिता भन्ने मुल नारा सहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन सफल पारौं जस्ता नारा भएको ब्यानर र प्लेकार्डहरु समेत प्रदर्शन गरिएको थियो।
मर्यादित पत्रकारिता- सुरक्षित पत्रकार,श्रम अधिकार र प्रेस स्वतन्त्रता, हाम्रो अधिकारको नारा सहित महासंघको अधिवेशन शुरु भएको छ भने अधिबेशनले महासंघको आगामी चुनाव समेत तोक्ने छ।
