२८ गते युनिभर्सिटी एड्मिशन नेटवर्कको ‘युके युनी एक्स्पो’, १० हजार पाउण्डसम्म छात्रवृत्ति पाइने
काठमाडौं – युनिभर्सिटी एड्मिशन नेटवर्क (युएएन)ले बेलायत अध्ययन सम्बन्धी ‘युके युनी एक्स्पो’ आयोजना गर्ने भएको छ । युएएनले आफ्नो केन्द्रीय कार्यालय पुतलीसडकमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म युके अध्ययन सम्बन्धी ‘युके युनी एक्स्पो’ आयोजना गर्ने भएको हो ।
एक्स्पोमा युकेका ३० भन्दा बढी विश्वविद्यालयहरुको सहभागिता हुने युएनका डिजिटल मार्केटर अभिज्ञान गौतमले बताए । काठमाडौं पुतलीसडकस्थित कृषि विकास बैंक भएको बिल्डिङको तेश्रो तलामा फेयर हुने गौतमको भनाई छ ।
एक्स्पोमा सहभागी विद्यार्थीका लागि आक्रषक उपहारसहित विभिन्न सुविधाहरु रहेको युएएनले जनाएको छ । फेयरमा विश्वविद्यालयका प्रतिनिधिले छात्रवृत्ति, विश्वविद्यालयले दिने सेवा र सुविधाका बारेमा जानकारी दिनका साथै आफूले रोजेको विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गर्न पाइने छ ।
एक्स्पोमा सहभागी विद्यार्थीले १० हजार पाउण्डसम्मको छात्रवृत्ति पाउने युएएनले जनाएको छ । युएएनबाट बेलायत अध्ययनका लागि एप्ललाई गर्दा कुनै पनि शुल्क नलाग्ने बताइएको छ ।