उपेन्द्र देखाएर सत्ता बार्गेनिङ गरिरहेका माधव नेपाललाई जसपाको यस्तो चेतावनीले निस्क्यो पसिना

आइतबार, २३ बैशाख २०८१

काठमाडौँ – पछिल्लो समय नेकपा एकीकृत समाजवादीले संघ, प्रदेश सरकार गठनदेखि राजनीतिक नियुक्तिमा बार्गेनिङ कस्दै असन्तुष्टि पोखे पनि आफ्नो पार्टीको कुनै असन्तुष्टि नरहेको जसपा प्रवक्ता मनिष सुमनले बताएका छन्  ।

उनले भने, ‘यो समीकरणप्रति हाम्रो कुनै असन्तुष्टि छैन । हामीले अहिले यो गठबन्धनको विकल्प सोचेका छैनौं । अर्को निर्वाचनसम्म यही गठबन्धन रहिरहनुपर्छ भन्ने पक्षमा हामी दृढ छौं ।’तर, माधव नेपालले गठबन्धनभित्र दबाब राख्न जसपा आफ्नो साथमा रहेको सन्देश दिन खोजिराख्नु भएको छ नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘हामी सत्ता गठबन्धनको प्रत्येक घटकको साथमा छौं । हामी सुशासनको साथमा छौं, संविधान संशोधनको पक्षमा छौं । मुद्दा मिलेसम्म हामी राजनीतिक दलहरुको साथमा रहन्छौं । तर, मुद्दा नै परिवर्तन भयो भने सँगै रहँदैनौं ।’

तर, यो समीकरणबाट माधव नेपाललाई प्रधानमन्त्री बनाउन जसपाको भूमिका निर्णायक रहन्छ । जसपा अध्यक्ष उपेन्द्र यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।एमाले नेतृत्वमा नयाँ समीकरण बन्ने बेलामा पनि उपेन्द्रमाथि प्रचण्ड र ओलीको गठबन्धनमा सहभागी नहुन पार्टीभित्र र बाहिरबाट दबाब बढेको थियो ।नयाँ समीकरणमा माधव नेपाल सहभागी भएपछि मात्रै उपेन्द्रले पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाएका थिए । नयाँ मन्त्रीहरुको शपथग्रहणअघि उपेन्द्रले माधव नेपाललाई घरमै गएर भेटेका पनि थिए । त्यसबेला उपेन्द्रले माधव नेपाल सरकारमा गए मात्रै आफू जाने भन्दै सुझाव नलिएका होइनन् ।

सम्मानित नेता झलनाथ खनालसहित पार्टीका अधिकांश नेताहरु अहिलेको गठबन्धनको पक्षमा उभिएपछि बाध्य भएर माधव यो समीकरणमा सहभागी भएका थिए ।कांग्रेसको वैकल्पिक गठबन्धनबाट माधव नेपाललाई प्रधानमन्त्रीको अफर गर्दा जसपा नै निर्णायक हुने अवस्थामा देखिएको छ । त्यो परिस्थितिमा जसपाले के गर्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले हामी यही समीकरणमा छौं । अहिले अर्को गठबन्धन बनाउने पक्षमा छैनौं, त्यो अभ्यास गर्दैनौं पनि । सोचिएको पनि छैन । अहिलेको सरकारले पाएको विश्वासको मत सुरक्षित छ ।’

कांग्रेसले वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्रीको अफर गरेपछि जसपा पनि आफ्नो साथमा रहेको सन्देश दिन खोजिराख्नुभएको छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘जसपा माधव नेपालजीको पार्टीको भ्रातृ संगठन होइन । उहाँको भन्दा ठूलो दल हो । उहाँको १० सीट भए पनि राष्ट्रिय दल होइन, हामी प्रतिनिधिसभामा १२ सीट भएको राष्ट्रिय दल हौं ।’