नेपाल कम्युनिस्ट पार्टीले सीमानाकामा हेल्पडेस्क स्थापना गर्ने
धनगढी – नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार कैलालीको धनगढीमा नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीको अध्यक्षतामा बसेको प्रथम बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकले एमसीसीदेखि भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने, सीमानाकामा हेल्पडेस्क स्थापना गरी जनताको सेवा गर्ने, जनसरोकारका विषयमा काम गर्ने, जनताको घरदैलोमा गएर भेटघाट तथा संगठन सुदृढ र संगठन विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी सुकुम्बासी समस्या, मिटरब्याजी पीडित र लघुवित्त पीडितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णय गरेको छ ।
सुदूरपच्मि प्रदेशका समस्या समाधान गर्न सेती लोकमार्ग र महाकाली करिडोर निर्माणका लागि दबाव दिने निर्णय गरिएको पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज भरत सीले जानकारी दिए । उनले मिटरब्याज पीडित र लघुवित्त पीडितहरुको न्यायका पक्षमा आवाज उठाउने निर्णय गरेको जानकारी गराए ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश पार्टीले बेबसाईड बनाएर पार्टीका नेताकार्यकर्ताहरुको विवरण राख्ने र जनताका गुनासाहरुलाई समेटेर बनाइएका सामाग्रीहरु राखिने निर्णर्य गरिएकोसमेत जानकारी दिए । स्थायी समीती सदस्य भरत सीले जातीय छुवाछूत, बोक्सीको आरोपमा कुटपीटका घटनाविरुद्ध आन्दोलन गर्ने र लागु औषध रोकथामका लागि सक्रिय भूमिका निर्बाह गर्ने निर्णय गरिएको जानकारी गराए ।

उनले समाजवादी मोर्चाको माध्यामबाट कम्युनिस्टहरुको एकताको पहल भई रहेको बताउदै विचार, कार्यदिशा र कार्यक्रम मिल्नेहरुसँग एकताको पहल भई रहेको बताए । उनले निर्वाचनलाई उपयोग गर्ने बताउदै सत्ताको मातमा लपत्ता हुनेगरी नभई क्रान्तिको मोर्चाको रुपमा नििर्वाचनमा जाने बताए ।
उनले जनताको विचमा गएर उनीहरुका पीडालाई बुझेर संगठन निर्माणमा लाग्न ३ महिने अभियानको सुरुबात गरिने बताए । उनले यही बैशाख २५ गते अभियानको उद्घाटन गर्ने बताउदै अन्तरकया, पालिका, वडा भेला सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको जानकारी गराए ।