नेवार र तामाङ समूदायलाई सरकारले दिएको खुशी

सोमबार, २४ बैशाख २०८१

काठमाडौं – नेवारी र तामाङ समूदायका लागि खुशीको खुशीको दिन । बागमती प्रदेश सरकारले नेपाल (नेवारी) र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाएर सुभारम्भ भएपछि यी समूदायका नागरिकमा खुशीयाली छाएको छ ।

वसन्तपुरमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुवै भाषालाई ‘प्रदेशको कामकाजको भाषा’ घोषणा गरेपछि जनतामा खुशीयाली छाएको हो । अबदेखि प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहलेसमेत नेपाल र तामाङ भाषामासमेत सेवा दिनु पर्नेछ।

अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ। बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू हुने भएको हो। यो ऐन २०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको थियो । १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै औपचारिक रुपमा ऐन कार्यान्यनमा आएको हो ।