दिन कटाउने होइन, दिन बदल्ने कम्युनिस्ट बन्नु पर्छ : भरत सी

सोमबार, २४ बैशाख २०८१

धनगढी – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सीले दिन कटाउने कम्युनिस्ट नभई दिन बदल्ने कम्युनिस्ट बन्नु पर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रदेश सुदूरपश्चिम प्रदेशले कैलालीको धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय प्रशीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दिन काट्ने कम्युनिस्टको आवश्यकता नभएको बताउदै उनले दिन बदल्ने कम्युनिस्ट भएर देश र जनताको सेवामा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी जील्ला सदस्यहरुलाई निर्देशन गर्दै उनले पार्टीका नेता कार्यकर्ताहरुले देश र जनताका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जिम्मेवार बन्नु पर्नेमा जोड दिए । उनले नेता कार्यकर्ताहरुले सक्षम मात्र नभई सक्षम अग्रदस्ताका रुपमा विकास गर्न जनताका सरोकारका विषयमा केन्द्रित हुनु पर्ने बताए । जनताले आशा भरोषा गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी र विश्वास गर्ने नेता विप्लव भएको बताउदै उनले जनताको आशा, भरोषा र विश्वासलाई कायम राख्न जनतासँग नेता कार्यकर्ताहरु जोडिनु पर्नेमा जोड दिएका थिए ।

जनताको बलीदानबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नुकासाथै मित्र शक्ती, मित्र वर्ग र मित्र समुदायसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी भएको बताउदै उनले नेपाली विशेषताको समाजवाद प्राप्तीका लागि उनीरुलाई एकताको झण्डामुनी गोलबन्द गर्दै लैजानु पर्ने बताए । निर्वाचनलाई एकिकृत जनक्रान्तीको मोर्चाको रुपमा लिनु पर्ने बताउदै उनले जनताका विचमा रहेर जनताका काम गर्दै उनीहरुका समस्याको समाधान खोज्दै अगाडि बढ्नु पर्ने बताए । पुँजीवादको ध्वम्स र समाजवादको विकास नै माक्र्सवाद भएको बताउदै उनले नेपालमा दलाल पुजीवाद असफल भएको ठोकुवा गरे ।

राजतन्त्र आफ्नै बलबुतामा आउन नसके पनि विदेशी शक्ति केन्द्रहरुको सहयोगमा पर्कने खतरा रहेको बताउदै उनले सबैले समयमै सचेत हुनु पर्ने सुझाव दिए । स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले नेपालमा समाजवाद ल्याउन समाजवादीहरुले एकजुट हुनु पर्ने बताए । दलाल पुजीवादी व्यवस्थाले समस्या समाधान गर्न नसकेकाले नयाँ विकल्पमा जानु पर्छ भन्ने सोचको विकास भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समर सीले कार्यक्रम संचालन गरेका थिए । उने नेकपा केन्द्रीय समिति बैठकमा महाुसचिव विप्लव सीले प्रस्तुत गर्नुभएको ‘पार्टीलाई आन्तरिक रुपमा सुदृढ बनाऔ, समाजवाददका लागि फराकिलो मोर्चा निर्माण गरौँ’ शिर्षकको दस्स्तावेज बाचन गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु भगत सी, प्रकाश सी, एण्डीज सी लगायतका नेतहरुको उपस्थिति रहेको थियो ।