कांग्रेस संसदीय दलको बैठकमा गठबन्धनलाई राहत पुग्नेगरि एकाएक उठ्यो यस्तो आवाज
काठमाडौं – नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलको बैठक जारी छ । जारी बैठकमा विश्वासको मत लिन लागेका मुख्यमन्त्री हिक्मत कार्कीलाई मत दिने नदिनेबारेमा निर्णय लिनेछ ।
जारी संसदीय दलको बैठकमा कार्कीलाई विश्वासको मत दिनुपर्ने आवाज उठेको छ । संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापालगायतका नेताहरुले कार्कीलाई विश्वासको मत दिनुपर्ने पक्षमा उभिएका छन् भने निवर्तमा मुख्यमन्त्री केदार कार्की बैठकनै बहिष्कार गर्नुपर्ने पक्षमा छन् ।
सर्वोच्च अदालतमा कोशी सरकार गठनको विषय विचाराधीन रहेको भन्दै कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गर्न निर्देशन दिएपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।
प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।