जसपा विभाजित हुनुमा अमेरिकी दूतावासको हात छ : अनिल सी

मंगलबार, १ जेष्ठ २०८१

महोत्तरी – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल) विभाजित हुनुमा अमेरिकी दूतावाससहित पश्चिमी साम्राज्यवादको हात रहेको आरोप लगाएका छन् ।

सोमबार महोत्तरी जिल्ला पार्टीको बैठकलाई सम्बोधन गर्दै अनिलले मद्येसमा अमेरिकी साम्रज्यवादका दलालहरुको प्रभुत्व बढाउन जसपा विभाजन गरेको आरोप लगाएका हुन् । जसपामा भएको विभाजनले मद्येसमा अमेरिकी साम्राज्यवादका दलालहरूको प्रभुत्व बढ्न सक्ने चिन्ता ब्यक्त गर्दै उनले त्यो रोग अन्य पार्टीहरूमा सर्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन् ।

जिल्ला पार्टी सचिव राजन सीको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय नेताहर किम सी, पवन सी लगायतको उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ ।