प्रचण्डको अगाडि कांग्रेसको केहिसिप लागेन, बालुवाटार बोलाएर भिराए यस्तो आश्वासनको पोको
काठमाडौँ – प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई बालुवाटार बोलाएर आश्वासनको पोको भिराएपछि नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न नदिने अड्डी कसेको कांग्रेस आफ्नो अडानबाट पछि हटेको छ।
प्रचण्डले सहकारी ठगि प्रकरणमा रबि लामिछानेमाथि छानबिन समिति बनाउले आश्वासन दिएपछि कांग्रेस राष्ट्रपति पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न नदिने आफ्नो अडानबाट पछि हटेको हो ।
मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । यस्तै प्रचण्डले कांग्रेसको माग बमोजिम छानबिन समिति गठन गर्न पनि आफू सकारात्मक रहेको बताएका थिए ।