नेकपा निकट युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिको बैठक सुरु

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक आजदेखि सुरु भएको छ ।

काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका चौकी भञ्ज्याङमा नेकपाका महासचिव विप्लव सीको विशेष उपस्थितिमा युवा संगठन नेपालको बैठक सुरु भएको हो ।

बैठकका प्रमुख अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, स्थायी कमिटी सिलु सी, अथिति पार्टीका केन्द्रिय सदस्य अडिग सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य विमर्श सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य विभुल सी लगाएत अथितिहरुको उपस्थिति रहेको छ । बैठकको अध्यक्षता युवा संगठनका अध्यक्ष दिनेश सी गरेका छन् भने बैठकको संचालन संगठन महासचिव सुवास सीले गरिरहेका छन् । बैठक सुरुमा महासचिव विप्लव सीलाई भव्य स्वागत गरेका थिए ।