नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि हौसियो सरकार, कांग्रेसलाई पेलेर जान यस्तो रणनीति अपनाउँदै

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं– नेपाली कांग्रेसले गृहमन्त्री रबि लामिछानेमाथि संसदीय छानबिन नबनेसम्म संसद् अवरोध कायमै राख्ने बताएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकपछि कांग्रेसले सो अडान कायम राखेको बताएको छ । कांग्रेस सचेतक सुशीला थिङले संसदीय छानबिन समिति नबनेसम्म अवरोध कायमै राख्ने बताइन ।

यता सत्तादल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र एमालेले भने कांग्रेसले ३ गते पनि अवरोध कायम गरे विकल्पहरू भएको बताएको छ।रास्वपाका संसद् मनिस झा ले भने, ‘व्यक्ति विशेष छानबिन समिति बन्दैन । देशमा यस्तो बेहाल छ । कांग्रेस व्यक्तिमाथि खनिएर बस्छ । उनले कांग्रेसले उठाएका मुद्दामा कुनै तुक नभएको बताए ।’

यस्तै, एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि छानबिन समिति नबन्ने कांग्रेसले यस्तै चरित्र देखाए बजेट ल्याउने अन्य विकल्प भएको बताए ।यता माओवादीका संसद् माधव सापकोटाले कांग्रेसले अध्यादेशको बाटो देखाएको बताए ।कांग्रेसले बजेट अधिवेशनको दोस्रो दीन पनि अवरोध कायम गरेपछि सभामुख देवराज घिमिरेले बैठक नै अन्त्य गरे ।