विदेश अध्ययन सम्बन्धी टेस्ट प्रिपिरेशन तथा मल्टि डेस्टिनेशन फेयर गर्दै ड्रिम नेक्स्ट एजुकेशनल फाउन्डेसन

मंगलबार, १ जेष्ठ २०८१

काठमाडौं – ललितपुरको कुमारीपाटीमा रहेको ड्रीम नेक्स्ट एजुकेशनल फाउन्डेसनले टेस्ट प्रिपिरेशन तथा मल्टि डेस्टिनेशन फेयर आयोजना गर्ने भएको छ । मे १६ देखि मे १८ सम्म हुनेछ मेला हरेक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा विदेशमा उच्च शिक्षाको अवसर खोज्ने विद्यार्थीहरूलाई निकै महत्वपूर्ण हुने ड्रीम नेक्स्ट एजुकेशनल फाउन्डेसनले जनाएको छ । सहभागीहरूले कार्यक्रममा गतिविधिहरूको विस्तृत अवलोकन गर्नुका साथै विदेशमा विभिन्न देशहरुमा अध्ययनका अवसरहरूबारे जानकारी पाउने छन् ।

कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिहरूसँग परामर्श गर्न सकिने, विभिन्न खालका पूर्व तयारी परीक्षणका बारेमा विशेषज्ञसँग सल्लाह लिन सकिने साथै आकर्षक उपहार जित्ने अवसर रहेको बताइएको छ । सहभागी विद्यार्थीहरुलाई रमाइलो खेलहरूमार्फत मनोरन्जन प्रदानसमेत गरिने आयोजकले जनाएको छ ।

विदेशका प्रतिष्ठित विद्यालयहरूमा अध्ययनको योजना बनाइरहेका विद्यार्थीका लाथि निकै उपयोगी हुने बताइएको छ । कार्यक्रममा अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका न्युजिल्याण्ड लगायतका देशका प्रतिष्ठित विश्वविद्यालयहरुको सहभागीता हुनेछ ।