जीबी राई र रविलाईसमेत मात खुवाउनेगरि पोखराबाट फेरि आयो अर्को ठूलो सहकारी ठगि काण्ड
काठमाडौँ – रवि लामिछाने र जीबी राईलाई समेत मात खुवाउनेगरि पोखरामा अर्को ठुलो सहकारी ठगी काण्ड घटेको छ। कास्की प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ८ जना सञ्चालकलाई पक्राउ गरेको छ। ती सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख रूपैयाँ अपचलन गरेको भेटिएको छ। यो ठगी गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको भन्दा ठूलो हो।
सूर्यदर्शनले पोखराका १९ हजार बचतकर्ताको १ अर्ब ५३ करोड रुपैयाँ ठगी गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले बचतकर्ताको उजुरीको आधारमा मंगलबार छानबिनकोको लागि अनुरोध गरेसँगै कास्की प्रहरीले प्राइम सहकारीका ८ सञ्चालकलाई तत्कालै पक्राउ गरेको हो।
कास्कीका प्रहरी प्रमु्ख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार पक्राउ पर्नेमा सहकारीका वर्तमान अध्यक्ष पोखरा १४,चाउथे बस्ने शंकर कार्की, निवर्तमान अध्यक्ष पोखरा ४, गैह्रापाटन बस्ने वर्ष ६६ का निदेशप्रसाद कोइरालालगायत छन्।