लागु औषध दुर्व्यसनी विरुद्धको सप्ताहको तेस्रो दिन मेचीनगरस्थित पशुपति माविमा सम्पन्न

शुक्रबार, ४ जेष्ठ २०८१

मेचीनगर – बाहुण्डाँगी जेसीजको आयोजनामा लागु औषध दुर्व्यसनी  विरुद्धको सप्ताह अन्तर्गत तेस्रो दिन शुक्रबार पशुपति मावि मेचीनगर ४ आमडाँगीमा सम्पन्न भएको छ । “बाहुण्डाँगी जेसीजको अभियान: लागु औषध रहित समाजको पहिचान” भन्ने नाराका साथ विद्यालय विशेष कार्यक्रम अन्तर्गत निरन्तर तेस्रो दिनको अभियान सम्पन्न भएको हो । लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखाका प्रहरी सहायक निरिक्षक दुर्गा खनालले लागु औषध दुव्र्यशनी विरुद्धको अभियानको सहजीकरण गरेका थिए ।

उनले विद्यालय तहबाट विद्यार्थीहरुद्धारा यसको रोकथामको अभियानमा लाग्नु पर्ने बताउँदै विद्यार्थीहरुलाई समेत आफु सचेत हुन आग्रह गर्नु भयो । उहाँले पछिल्लो समय बालबालिकालाई लागु औषध ओसारपसारमा लोभ लालचमा पारि प्रयोग गर्ने क्रम बढेकोले यसतर्फ सचेत हुन समेत विद्यार्थीहरुलाई आग्रह गरे । सचेतना कार्यक्रममा पशुपति मावि र मेरिगोल्ड अंग्रेजी स्कुलका ५८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुले आफुहरुले यस विषयमा पहिले त्यति धेरै ज्ञान नभएको र तालिमले यसबाट सचेत मात्र होइन आफुहरुले लागु औषध दुव्र्यशनीमा लाग्ने युवाहरुलाई नलाग्न बताउन सक्ने भएको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा उनीहरुले उत्सुक्ताका साथ जिज्ञासाहरु राखेका थिए ।

बाहुण्डाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व मातृ शाखा धुलावारी जेसीजका पूर्व अध्यक्ष केशव पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रधान, प्रहरी हवल्दार उपाध्यक्ष सदेश पौडेल रमेश शेर्पा, प्रहरी सन्तोष बानियाँ, जेसीजका कोषाध्यक्ष नित्यानन्द चम्लगाईलगायतको सहभागिता रहेको थियो ।

शिक्षा संयोजक डिल्लीराज भारतीको संयोजक्तवमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता खतिवडाले गर्नु भएको थियो । यो अभियान साबिक बाहुण्डाँगी हालको मेचीनगर १, २ ३ र ४ वडाका १५ वटा निजि तथा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ । अभियानमा लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुण्डाँगी प्रहरी चौकीले सहजीकरण गर्नेछन् । अभियान अन्तर्गत आइतवार जनता मावि मेचीनगर ३ मा सञ्चालन हुने कार्यकारीणी कार्यक्रमका मुल संयोजक सामुल रायाले बताए । जेठ २ गते सरस्वती माविमा सुरु भएको अभियान अन्तर्गत पवित्र मावि र पशुपति माविमा सम्पन्न भएको हो ।