भोलीबाट संसदको अवरोध हट्ने
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहानसम्म सदनमा देखिएको अवरोध हट्ने बताएका छन् । ‘जनयुद्धका चिठी’ र ‘कालीकोट’ नामक स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँगको छलफल सकारात्मक भएकोले संसदको अबरोध हट्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको विषयलाई लिएर सदन अवरुद्ध छ, मैले समीकरणभित्र र प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको छु । सहजीकरणतर्फ जाओस् भनेर छलफल भइरहेको छ । अहिले बिहान कांग्रेससँग भएको थियो, अहिले समीकरणमा भएको प्रमुख दलसँग छलफल हुनेछ । भोलि बिहानसम्म टुंगोमा पु¥याउन सक्छौं भनेर लागेका छौं ।’
कांग्रेसले पनि सरकार सहकारी सम्बन्धी छानविन समिति गठन गर्न तयार भएको जिकिर गरेको छ ।