सिरोहियाको पक्राउप्रति कांग्रेस नेता शेखर कोइरालाको आपत्ती
काठमाडौँ – नेपाली कांग्रेसका बरिष्ट नेता डा. शेखर कोइरालाले कान्तिपुर पब्लिकेशन प्रालीका अध्यक्ष कैलाश सिरोहियाको पक्राउलाई लिएर आपत्ती जनाएका छन् । मंगलबार साँझ सामाजिक संजालमा स्टाटस लेख्दै सिरोहियाको पक्राउप्रति लोकतन्त्रको पहरेदारमाथि प्रतिसोध साध्ने भन्दै आपत्ती जनाएका हुन् ।
बरिष्ट नेता कोइरालाद्वारा रविलाई लक्षितगरि लेखिएको स्टाटसमा भनिएको छ, “आफु दोहोरो पासपोर्ट लिंदै हिड्ने र सहकारी ठगीको आरोप बिरुद्ध छानबिन हुन नदिने, तर तिन दशकदेखि सुचना प्रवाह गर्दै लोकतन्त्रको पहरेदार भई उभिएको एक प्रतिष्ठित मिडियाका अध्यक्ष माथि प्रतिसोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन ।”
प्रहरीले सहि र गलत छुट्याउनेमा आफु विश्वस्त रहेको स्टाटसमा बताएका छन्। सिरोहिया नागरिकता काण्डमा गृह मन्त्रीको ठाडो निर्देशनमा मंगलबार आफ्नै कार्यक्षबाट पक्राउ परेका थिए । नको पक्राउपछि नेपाली कांग्रेसका नेताहरुले सामाजिक संजालाहरुमा असन्तुष्टी जनाइरहेका छन्।
