एकीकृत जनजक्रान्तिका सहिद वीरजंगका जेठा छोरा विवसको निधन, आजै अन्त्येष्टि गरिने
काठमाडौं – एकीकृत जनक्रान्तिका सहिद वीरजंगका जेठा छोरा वियस चन्दको निधन भएको छ । काठमाडौंको टिचिङ अस्पताल, महाराजगंजमा उपचारका क्रममा गएराति १२ बजे उनको निधन भएको हो ।
उनको आजै विहान ११ बजे पशुपति आर्याघाटमा अन्त्येष्टि गरिने नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । कार्यालयले काठमाडौंमा उपलब्ध पार्टी नेता कार्याकर्तालाई अन्त्येष्टिमा उपस्थितिका लागि अनुरोध गरेको छ ।
अन्त्येष्टिमा नेकपा महासचिव विप्लव सी पनि सहभागी हुने बताइएको छ । कपिलबस्तुमा रहेको विप्लव भैरहवाबाट हवाई यात्रमार्फत काठमाडौं आउँदै गरेको सूचना प्राप्त भएको छ । वियस दुईवटै मृगौला फेलभएर लामो समयदेखि उपचाररत थिए ।