सरकारले ईतिहासमै पहिलो पटक गर्यो संसद अबरोधकाबिच पनि यस्तो महत्वपुर्ण प्रस्ताव पारित
काठमाडौँ – सरकारले संसदमै बजेट पेश गर्ने भएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोध र नाराबाजी गरेर संसद अवरोध गरेकै अवस्थामा नीति तथा कार्यक्रम पारित गर्दै मंगलबार बजेट पेश गर्ने भएको हो।
सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट पेश हुने भएकाले त्यसको १५ मिनेट आगावै उपस्थित हुन सांसदहरुलाई रुलिङ गरे।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै विपक्षी कांग्रेसले लगातार संसद अवरोध गरिरहेका बेला अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेपछि त्यसबाट पछि हटेको हो।
संविधानको धारा ११९ ले जेठ १५ आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीले संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुपर्ने प्रावधान छ।
सत्ता र विपक्षी दलहरु लामिछानेमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश सहमति नजिक पुगेको बताइए पनि निष्कर्षमा पुग्न सकेन। लामिछानेको नाम राख्नै पर्ने विपक्षी कांग्रेसको अडान र उनलाई छानबिनको दायरभन्दा बाहिर राख्नुपर्ने सत्ता पक्षको अडानका कारण निरन्तरको छलफलले परिणाम दिन सकेको छैन।
आइतबार पनि सहमति गरेर संसदको अवरोध हटाउने प्रयास भए पनि सफल नभएपछि विपक्षीको नाराबाजी र अवरोधका बीच सभामुखले संसद चलाएका हुन्।
नाराबाजीका बीच प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१÷८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
विपक्षी वेलमा नाराबाजी गरिरहेका बेला जबरजस्ती नीति कार्यक्रम जस्तो महत्वपूर्ण प्रस्ताव पारित भएको पहिलोपटक हो। मंगलबार पनि कांग्रेसको अवरोधका बीच अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गर्ने संभावना बढेको छ। तथापी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल सकारात्मक भएकाले निष्कर्ष उन्मुख भएको दाबी गरेका छन्।