जुम्लाका ज्ञानबहादुर शाहीसहित १७ निर्माण कम्पनी सरकारको कालोसूचीमा

शुक्रबार, १८ जेष्ठ २०८१

काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई सरकारको कालो सूचीमा राखेको छ । जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गगरी, १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो ।

निर्माण कम्पनी तथा आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने ब्यहोरा सूचनामा उल्लेख छ । कालोसूचाीमा पर्ने कम्पनीमा आचल शाहको फेन्डस ट्रेडिङ कन्सर्न, ज्ञानबहादुर शाहीको मेलिना एण्ड मिलन निर्माण सेवा रहेका छन् ।

कालोसूचीमा परेका कम्पनीलाई १ बर्षदेखि ३ बर्षसम्म सरकारी कामकाज गर्न पाउने छैनन् ।