माछापुच्छ्रे बैंकले गरिदियो सल्यानको त्रिभुवन जन माध्यामिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण

शुक्रबार, १८ जेष्ठ २०८१

काठमाडौँ – माछापुच्छ्रेबैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको सल्यान जिल्लास्थित त्रिभुवन जन माध्यामिक विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ।

बुधबार शारदा नगरपालीका वडा नं.१५, माल्नेटामा आयोजित एक औपचारिक समारोहकाबीच त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको हो ।

विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाए पश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको बैंकले जनाएको छ ।

२८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत श्री त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएकोमा खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुने लगायतका समस्या रहेको थाहा पाएपछि उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।’

बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरु निर्माण गरेको बैंकको दावी छ  ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत  देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरु हरुमा काम गर्दै आएको छ ।