श्री एयरलाइन्सको जहाजमा यस्तो गम्भीर समस्या आएपछि पार्किङमा फर्काइयो
काठमाडौं – काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट फेरि पार्किङमा फर्काइएको छ।
एसएचए २२१ उडान नम्बरको (एनएएनएस जहाज धावनमार्ग फर्काइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। स्रोतका अनुसार जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परीक्षणका लागि जहाज फिर्ता बोलाइएको हो।
विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८स्२५ मा उडिसक्नु पर्ने थियो। तर, उक्त जहाजमा समस्या आएपछि अर्को जहाज पठाउन लागिएको छ।