फेरी काठमाडौंमा भुकम्पको धक्का महशुस
बैशाख ११, काठमाडौं- काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । करिब ३ बजेर ६ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको हो। धादिङकाे नाैबिसे केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि पनि बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको र त्यसपछि फेरी ६- ४० मै सोहि ठाउँलाइ केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।