सी जातिको कानुनी मान्यताको माग गर्दै युवा संगठन नेपाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई बुझायो १५ हजार हस्ताक्षर
काठमाडौँ – युवा संगठन नेपाल कर्णाली प्रदेशले सी जाति लाई कानुनी मान्यता दिन चलाएको हस्ताक्षर अभियानबाट संकलित हस्ताक्षर मुख्यमन्त्री कार्यालयमा बुझाएको छ।
जेष्ट १५ देखि १८ गतेसम्मन कर्णालीका सवै जिल्लामा चलेको अभियानबाट संकलित हस्ताक्षर मंगलबार युवा संगठन नेपाल कर्णाली प्रदेश इन्चार्ज मिनेश सीको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीलाई बुझाएको हो।
कर्णाली प्रदेशका सबै जिल्लाबाट संकलित १५ हजार हस्ताक्षरसहित ज्ञापनपत्र समेत मुख्यमन्त्रीलाई बुझाएको युवा संगठन नेपाल कर्णाली प्रदेशले जनाएको छ।
युवा संगठनका कर्णाली प्रदेश इन्चार्ज मिनेश सीको नेतृत्वमा हस्ताक्षर बुझाउन संगठनका सुर्खेत जिल्ला इन्चार्ज उपेन्द्र सी, अखिल समाजवादीका केन्द्रीय सदस्य रोसन सी, चिन वहादुर सी, सागर सी, कलाकार उमेश सी, लगायतको नेताहरु हस्ताक्षर र ज्ञापनपत्र लिएर मुख्यमन्त्री कार्यालय पुगेका थिए।