सौराहाका होटल तथा रेष्टुरेन्टमा प्रभु बैंकका ग्राहकलाई छुटै–छुट
काठमाडौं – प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहाका विभिन्न होटल तथा रेष्टुरेन्टहरुले भारी छुट दिने भएका छन् । आइतबार भएका विभिन्न सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट दिने भएका हुन् ।
छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्घारा हस्ताक्षर गरेका छन् । प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक रुपले भरिपूर्ण रमणिय पर्यटकिय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा ,देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।
बिभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । बिश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवम् वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकनका निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनीहरुको सांस्कृतिक, पुरातात्विक एवम् मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्Èणको केन्द्र हो ।
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँकका कर्मचारीहरुका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्मका छुटहरु प्राप्त गर्नसकिने छ । सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel.
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
