बाबुराम भट्टराईका यी एक्ला सांसदले यसरी हल्लाईदिए पुरै प्रदेश

सोमबार, २८ जेष्ठ २०८१

काठमाडौँ – गण्डकी प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिने क्रममा नाराबाजी भएको छ ।

मत विभाजनका क्रममा सत्तारुढ दलका सांसदहरूले माओवादी केन्द्रका सांसद फणिन्द्र देवकोटालाई पक्षमा मतदान गर्न लगेसँगै एमाले र माओवादी केन्द्रका सांसदहरूले नाराबाजी गरेका हुन् ।

माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।