प्रचण्डको कुर्सी हल्लिनेगरि पोखराबाट आयो दु:खद खबर
काठमाडौँ – नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप विपरीत सांसद फणिन्द्र देवकोटाले समर्थन गर्दा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।
जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराजले सोमबार ६० सदस्यीय प्रदेश सभामा बहुमत, ३१ सांसदको समर्थन पाएका छन् ।नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा समर्थन गर्न गएपछि एमालेको नाराबाजी र विरोधबीच सुरेन्द्रराजले बहुमत जुटाएका हुन् ।
सुरेन्द्रराजका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । एमालेका २२ र माओवादीका ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।
राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् । माओवादीको चुनाव चिन्ह लिएर सांसद भएका देबकोटाले ह्वाप नमानी फ्लोर क्रस गर्दा गण्डकीमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने एमाले अध्यक्ष ओलीको सपना तुहिएको छ। योसंगै देवकोटाले फ्लोर क्रस गर्ने संकेत पाएपछि एमालेले केन्द्रीय गठबन्धनमाथि प्रश्न उठाएको थियो यता आफ्नो सपना तुहिएपछि ओली प्रचण्डसंग रिसाएको श्रोतले बताएको छ। श्रोतका अनुसार यो घटनाबाट केन्द्रीय गठबन्धनमा ओलीले प्रचण्डलाई असहयोग गरे प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा हुनसक्छ।