मञ्जु पौडेलको सन्देशमुलक रमाईलो गित ‘विचार गर छुनलाई’ बन्यो लोकप्रिय

मंगलबार, २९ जेष्ठ २०८१

काठमाडौँ – लोकप्रिय लोकदोहोरी गायिका मञ्जु पौडेलले ल्याएको नयाँ गित ‘बिचार गर छुनलाई’ पनि लोकप्रिय भएको छ । मञ्जुले माया प्रेम गरेपछि एकअर्कालाई धोका दिन नहुने सन्देश गितमार्फत् दिन खोजेकि छिन् । गितमा, विचार गर मायालु छुनलाई, छोएपछि पर्छ मेरै हुनलाई, पार्दिन रुनलाई, भनिएको छ ।

सन्देशमुलक प्रेमिल शब्द, मिठो स्वर, जिवन्त अभिनय र राम्रो सम्पादनका कारण गित लोकप्रिय भएको दर्शकहरुले प्रतिक्रिया रहेको छ । मञ्जु पौडेलको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको गीतमा मञ्जुलाई गायक प्रताप दासले साथ दिएका छन् । गीतमा गायक प्रतापसँगै गायिका मञ्जुकी छोरी स्नेहा पौडेलको अभिनय रहेको छ।

कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका छन् भने श्रीकृष्ण बम मल्लको लय शब्द रहेको छ । मन्जुले यसअघि पनि सयौँ गितमा स्वर दिएकी छिन भने धेरै गित लोकप्रिय छन् । गायनसँगै प्रभावकारी स्टेज उद्घोषिका समेत रहेकी मञ्जुलाई स्टेज क्विन पनि भन्ने गरिन्छ । उनी गायन र उद्घोषणका लागि विश्वका दर्जनौ देशमा धेरै पटक पुगिसकेकाले पनि उनका गित लोकप्रिय हुने गरेका छन् ।