बिवाह गरेको केहि दिनमै अष्ट्रेलिया गएकी एलिनाले रुँदै यस्तो भिडिओ बनाएपछि मच्चियो तहल्का
काठमाडौं – विवाहपछि आफ्नो श्रीमानसंग अष्ट्रेलिया पुगेकी गायिका एलिना चौहानले एउटा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्, जसलाई लिएर उनका फ्यानहरूलाई चस्का परेको छ ।
भिडिओमा एलिनाको अनुहारमा राता ‘डामहरू’ छन् र उनी रोइरहेकी छन् । खासमा यो उनले अभिनय गरेर बनाएको भिडिओ हुन सक्छ र अनुहारका डामहरू नक्कली हुन सक्छन् । तर, एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ पनि अर्थपूर्ण छ । एलिनाले भिडिओ बनाइएको भारतीय गीतको बोल छ- ‘थारा पैसा, थारी दौलत, थारी गाडी थारा नाम थारा बङ्गला थारा काम, तुम्ही रखो रे’
यो गीतको भावार्थ हो- ‘तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो काम, तिमीसँगै राख ।’यस्तै क्याप्सनमा एलिनाले लेखेकी छन्, ‘एउटा वास्तविक पुरुषले तपाईँलाई त्यस बेला पनि सम्मान गर्छ, जब उ तपाईँप्रति बहुला भएको हुन्छ । यो सम्झिनु ।’
अर्को भिडिओमा लेखेकी छन्, ‘हेपाइ सहनका लागि कारण होइन प्रेम । गीतले साँच्चै छोयो।’ एलिनाले कसलाई ईंगित गरेर लेखेकी हुन् भन्ने प्रष्ट छैन । तर, उनको यस्तो भिडियो र पोस्टले फ्यानहरुमा खैलाबैला सुरु भएको छ । कमेन्टमा धेरैले श्रीमान्–श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन् । गत वैशाखमा बाग्लुङका विष्णु सापकोटासँग बिहे गरेर एलिना अष्ट्रेलिया गएकी हुन् ।