एईसीसी ग्लोबलको तीन दिनसम्म निःशुल्क शैक्षिक मेला, विद्यार्थीलाई फाइदै फाइदा
काठमाडौं – नेपालको सबैभन्दा लोकप्रिय शैक्षिक कन्सल्टेन्सी एईसीसी ग्लोबलले तीन दिनसम्म निरन्तर निःशुल्क शैक्षिक मेला आयोजना गर्ने भएको छ । आगामी असार १ गतेदेखि ३ गतेसम्म एईसीसीले निशुल्क शैक्षिक मेलाको आयोजना गर्ने भएको हो ।
असार १ गते शनिबार एईसीसीको काठमाडौंस्थित डिल्लिबजारमा रहेको कार्यालय, २ गते चितवनस्थित एईसीसीको कार्यालय र ३ गते पोखरास्थित कार्यालयमा निशुल्क शैक्षिक मेला हुनेछ । मेला बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म चल्ने एईसीसीले जनाएको छ । यो मेलामा सहभागी भई लाभ लिन विद्यार्थीलाई एईसीसीले अपिल गरेको छ ।
मेलामा सहभागी विद्यार्थीले ४० भन्दा बढी विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श लिन पाउने छन् भने १०० प्रतिशतसम्म छात्रवृत्ति तथा विश्वविद्यालयका कार्यक्रम र पाठ्यक्रमका बारे जानकारी पाउनेछन् । साथै, सहभागी विद्यार्थीले निःशुल्क भिसा र आर्थिक मार्गदर्शन पनि प्राप्त गर्ने एईसीसीका कन्ट्रिम्यानेजर शैलेश झाले बताए ।
मेलामा सहभागी विद्यार्थीले दिमागी खेलहरु खेली आकर्षक गिफ्ट ह्याम्पर्सहरु पनि जित्न सक्ने एईसीसीले जनाएको छ । आईईएलटिएस, पीटिई, जिआरई, फोफेल, स्याट लगायतका तयारी कक्षाहरुमा ५० प्रतिशत छुट हुने बताइएको छ । मेलामा अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायत देशका शैक्षिक संस्थाहरुको सहभागिता हुनेछ ।