जिल्ला प्रहरी कार्यालय भित्रै यस्तो अवस्थामा भेटिइन् महिला प्रहरी जवान

बिहिबार, ३१ जेष्ठ २०८१

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् ।

सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।