बझाङको चैनपुरमा प्रभु बैंकको ३०४ औं शाखा सञ्चालनमा
काठमाडौँ – प्रभु बैंकले बझाङको चैनपुरमा ३०४ औं शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ ३२ गतेबाट जयपृथ्वी नगरपालिका -१० चैनपुरमा ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताएको छ । कम्पनीले यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने पनि बताएको छ ।
चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि कम्पनीले विश्वास लिएको छ ।कम्पनीका नेपालभर ३०४ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर छन् ।
‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।