एईसीसी ग्लोबलको शैक्षिक मेला सम्पन्न, ६ सय विद्यार्थीको सहभागिता
काठमाडौं – नेपालको सबैभन्दा लोकप्रिय शैक्षिक कन्सल्टेन्सी एईसीसी ग्लोबलको शैक्षिक मेला सम्पन्न भएको छ । एईसीसी ग्लोबलको केन्द्रीय कार्यालय डिल्लीबजारमा सम्पन्न मेलामा ६ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।
अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, अमेरिका, बेलायत लगायतका देशका ४० बढी शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा विद्यार्थीले एक्लाएक्लै परामर्श लिएका छन् । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले १०० प्रतिशतसम्म छात्रवृत्ति पाएका छन् । विहान ११ बजेदेखि सुरु भएको मेला ५ बजे सम्पन्न चलेको थियो । मेलामा सहभागी विद्यार्थीले आफूहरुले विश्वविद्यालयका प्रतिनिधिलाई नेपालमै भेट्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए । साथै, एईसीसीका कम्ट्री म्यानेजर सैलेश झाले पनि विद्यार्थीको उपस्थितिले आफूलाई उत्साहित बनाएका प्रतिक्रिया दिए ।
एईसीसीले भोली चितवनमा र पर्सी पोखरामा मेला गर्दै छ । एईसीसीले उक्त मेलामा पनि सहभागी भएर लाभ लिन विद्यार्थीलाई आग्रह गरेको छ । मेलामा सहभागी धेरै विद्यार्थीले दिमागी खेलहरु खेली आकर्षक गिफ्ट ह्याम्पर्सहरु हात पारेका थिए । उपस्थित विद्यार्थीलाई आईईएलटिएस, पीटिई, जिआरई, फोफेल, स्याट लगायतका तयारी कक्षाहरुमा ५० प्रतिशत छुट दिइएको एईसीसीले जनाएको छ ।