जनसाँस्कृतिक महासंघ मधेस प्रदेशको प्रथम भेला सम्पन्न, संयोजकमा राजन सी
बर्दिवास – अखिल नेपाल जनसाँस्कृतिक महासंघ मधेस प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । बुधबार प्रदेशको बर्दिवासमा सम्पन्न भेलाले राजन सीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
महासंघका महासचिव तथा प्रदेश इन्चार्ज कुशल सीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा महासंघका उपाध्यक्ष शोभा सी, नेकपा केन्द्रीय सदस्य सन्जिव सी, राजकुमारी सी लगायत मधेस प्रदेशका सबै केन्द्रीय सदस्यहरूको आतिथ्यता रहेको थियो ।
भेलाको संचालन महासंघका केन्द्रिय कार्यालय सचिव प्रतिबद्धत सीले गरेका थिए भने स्वागत मन्तव्य राजन सीले गरेका थिए ।
